माओवादी सांसदको तर्क- ओलीले होइन, अब ठूलो दल कांग्रेसले सरकार बनाउँछ « Khabarhub

माओवादी सांसदको तर्क- ओलीले होइन, अब ठूलो दल कांग्रेसले सरकार बनाउँछ


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कांग्रेस–एमालेबीच भएको सहमतिप्रति आशंका व्यक्त गरेका छन्  ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सापकोटाले दुई दलहरुबीचको सहमति अपारदर्शी भएको बताए । उनले यसबाट स्थिरता नआउने माओवादी निष्कर्ष सुनाए ।

सदनमा छलफल भइरहँदा पनि दुईदलबीच भएका सहमति बाहिर नआएको र मिडिया ट्रयाल भइरहेको उनले आरोप लगाए ।

उनले दिनभर प्रधानमन्त्रीसँग छलफल गर्ने र अर्का नेताहरूलाई कांग्रेससंग सहमति गर्न व्यक्तिको घरमा पठाउने कामले नैतिकताप्रति पनि प्रश्न उठेको तर्क गरे ।

सापकोटाले भूटानी शरणार्थीको फाइल खोल्ने काम र बेचन झाको पक्राउले नै बेचैन हुँदै एमालेले आफैं सवार डुङ्गा प्वाल परेको देखेको टिप्पणी गरे ।

गिरिबन्धु टी-स्टेट प्रकरणमा आत्तिएर समीकरण परिवर्तन गर्ने दलले माओवादीलाई नैतिकताको पाठ सिकाउन नमिल्ने उनले बताए ।

उनले सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिन सक्ने व्यवस्था संविधानमा रहेको भन्दै प्रधानमन्त्रीले संविधानमा रहेको व्यवस्थालाई पालना गर्ने स्पष्ट पारे  ।

सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतले सरकार बन्ने बताए  ।

उनले माओवादीले अन्य दलसँग सहकार्य गर्दा कुनै व्यक्तिको घरमा गएर अमुक सहमति नगरेको जिकिर गरे  । सापकोटाले संविधान संशोधनका लागि प्रतिनिधिसभाका दुइतिहाई पुराउन कांग्रेस–एमाले सफल हुनसक्ने भए पनि राष्ट्रियसभामा असम्भव रहेको बताए ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १ : ५७ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,