जुनमा बङ्गलादेशको मुद्रास्फीति स्थिर तर दोहोरो अङ्कको नजिक « Khabarhub

जुनमा बङ्गलादेशको मुद्रास्फीति स्थिर तर दोहोरो अङ्कको नजिक


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका– बङ्गलादेशको मुद्रास्फीति जुन महिनामा केही कम भए पनि उपभोक्ता मूल्य निरन्तर उच्च रहेकाले दोहोरो अंकको हाराहारीमा पुगेको छ ।

बङ्गलादेशको तथ्याङ्क विभाग (बीबीएस) को पछिल्लो तथ्याङ्कअनुसार मुद्रास्फीति मे महिनाको तुलनामा जुनमा मुद्रास्फीतिमा सामान्य कमी भएको अर्थात् ९.८९ प्रतिशतबाट ९.७२ प्रतिशतमा झरेको छ ।

बीबीएसले सार्वजनिक गरेको उपभोक्ता मूल्य सूचकाङ्कअनुसार खाद्य मुद्रास्फीति अघिल्लो महिना १०.७६ प्रतिशत रहेकोमा जुन महिनामा केही घटेर १०.४२ प्रतिशतमा झरेको छ ।

गैर खाद्य वस्तुको मुद्रास्फीति मार्चमा ९.१९ प्रतिशत रहेकोमा जुनमा घटेर ९.१५ प्रतिशतमा झरेको छ ।

आर्थिक वर्ष २०२३/२४ (सन् २०२३ जुलाईदेखि सन् २०२४ जुनसम्म) मा देशको औसत मुद्रास्फीति ९.७३ प्रतिशत पुगेको छ जुन आर्थिक वर्षको बजेट लक्ष्य ७.५ प्रतिशतभन्दा धेरै बढी हो ।

अघिल्लो आर्थिक वर्षमा बङ्गलादेशको समग्र मुद्रास्फीति ९.०२ प्रतिशत रहेको थियो ।

बङ्गलादेशको संसद्ले गत जुन ३० मा आर्थिक वर्ष २०२४/२५ का लागि ७.९७ ट्रिलियन टाका (६८ अर्ब अमेरिकी डलर) को राष्ट्रिय बजेट पारित गरेको थियो ।

आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तावमा आर्थिक वर्ष २०७७/७८ का लागि ६.५ प्रतिशत रहेको मुद्रास्फीति दरलाई संशोधन गरी छ प्रतिशत कायम गरिएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ४ : ४१ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका