सार्क महासचिव र भुटानी नरेशबीच भेट, सार्कका गतिविधि र आगामी योजना बारे छलफल  | Khabarhub Khabarhub

सार्क महासचिव र भुटानी नरेशबीच भेट, सार्कका गतिविधि र आगामी योजना बारे छलफल 


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव गोलाम सरवारले भुटानका नरेश जिग्मे खेसर नाम्गेल वाङचुकसँग शिष्टाचार भेट गरेका छन् । हालै भुटानमा भएको उक्त भेटमा उनीहरुबीच सार्कका गतिविधि र आगामी योजनाका सम्बन्धमा छलफल भएको सार्क सचिवालयले जनाएको छ ।

सार्कको नयाँ महासचिवमा सरवारको भूमिकाको प्रशंसा गर्दै भुटानी नरेशले सार्कलाई पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यस अवसरमा उनीहरुबीच सार्क क्षेत्रका जनताको बृहत्तर समृद्धिका लागि गरिएको परिकल्पनालाई साकार बनाउन र उद्देश्य प्राप्तिका दिशामा सार्कलाई अघि बढाउने बारेमा विचार आदानप्रदान गरेको सचिवालयले जनाएको छ ।

यही असार १८ देखि २२ गतेसम्म गर्नुभएको भुटान भ्रमणका क्रममा महासचिव सरवारले सार्क विकास कोष (एसडिएफ) को सचिवालयको अवलोकन गरी सार्कका आठ वटै सदस्य राष्ट्रमा एसडिएफका आयोजनामा आधारित गतिविधिका बारेमा पनि छलफल गरेको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ५ : ३६ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका