तनहुँका दुई पालिकामा विद्युत् सेवा अवरुद्व « Khabarhub

तनहुँका दुई पालिकामा विद्युत् सेवा अवरुद्व


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

तनहुँ – शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिराले विद्युत् पोलमा क्षति हुँदा यहाँका दुई पालिकामा विद्युत् सेवा अवरुद्व भएको छ ।

विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले दिएको जानकारीअनुसार जिल्लाको म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाका केही वडामा विद्युत् सेवा अवरुद्ध भएको हो ।

पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–६ मौरी ओढारमा पहिराका कारण सातवटा विद्युत् पोल ढलेका कारण उक्त दुई पालिकामा विद्युत् सञ्चालन गर्न कठिनाइ भएको वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिए ।

“म्याग्दे, शुक्लागण्डकी, व्यास र आँबुखैरेनी गाउँपालिकालगायत क्षेत्रमा गरी १५ भन्दा बढी विद्युत् पोल ढालेर क्षति पुगेको छ”, उनले भने ।

व्यास नगरपालिका–१ र ३ जोड्ने बुल्दीखोलाले पोल बगाउँदा अवरोध भएको विद्युत् सेवा भने मर्मतपछि पुनः सञ्चालनमा आएको उनले बताए । यसैगरी व्यास नगरपालिका–४ स्थित सिमलटार नजिक विद्युत् पोल ढालेर क्षति भएकामा मर्मत गरी छ घण्टापछि विद्युत् सेवा सञ्चालनमा ल्याइएको छ ।

ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको काममा अवरोध भएको छ । सुरुङ खन्ने ठाउँमा बाढी पसेकाले पानी काममा अवरोध भएको तर क्षति भएका दुईवटा पोल परिवर्तन गरी विद्युत् सेवा भने सुरू भएको रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ९ : ०७ बजे

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– कालीगण्डकी करिडोर सडकमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

काठमाडौं- जिल्ला भूमि समस्या समाधान समिति चितवनले रत्ननगर नगरपालिका–१२ का

नेपालमा ‘रामायण’को आक्रामक ओपनिङ, पहिलो दिनमै ५० हजार दर्शक, कमाइ कति ?

काठमाडौं– तिहारको बिदा र बहुप्रतीक्षित फिल्मको आकर्षणले नेपाली सिनेमा हलमा

राष्ट्रपतिसँग सभामुखको भेटवार्ता

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले आज

जनकपुरधाम–अयोध्याधामलाई रेलमार्गमा जोड्ने काम तीव्र

धनुषा– जनकपुरधाम र भारतको अयोध्या धामलाई रेलमार्गमार्फत जोड्ने काम तीव्र