धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिबारे सर्वोच्चले दियो अन्तरिम आदेशलाई निरन्तरता « Khabarhub

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिबारे सर्वोच्चले दियो अन्तरिम आदेशलाई निरन्तरता


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति प्रक्रियाबारे अगाडि नबढाउने अल्पकालीन अन्तरिम आदेशलाई सर्वोच्चले निरन्तरता दिएको छ।

बोर्डको अध्यक्षको आवेदन गरेका आवेदक सन्तोषनारायण श्रेष्ठको निवेदनमा सुनुवाई गर्दै न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार सिफारिस समितिले असार १४ गते निकालेको प्रक्रिया रद्द भन्ने सूचनाको मुद्दा अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेशलाई निरन्तरता दिन आदेश दिएको हो ।

साथै धितोपत्र बोर्डको अध्यक्ष जस्तो महत्वपूर्ण पदलाई लामो समयसम्म रिक्त राख्न उपयुक्त नहुने भन्दै सो विषयलाई चाँडो टुंग्याउने प्रकृतिको देखिँदा लिखित जवाफ पेश गर्ने र कानून बमोजिम म्याद समाप्त हुनासाथ पूर्ण सुनुवाईको लागि अग्राधिकार दिन सर्वोच्चले आदेश दिएको छ ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति सिफारिसका लागि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठको नेतृत्वमा बनाएको समितिले आवेदन आह्वान गरेर १९ जना आवेदकबाट ५ जनालाई सर्टलिस्ट गरेको थियो ।

जसमध्ये ३ जना दुईपटकको अन्तर्वार्तामा निरन्तर अनुपस्थित भएपछि समितिले असार १४ गते सूचना प्रकाशन गरेर प्रक्रिया रद्द भएको जनाएको थियो । सोही विषयलाई लिएर बोर्डमा सुरुदेखि आवेदनको प्रक्रियामा सहभागी भएर कार्ययोजना प्रस्तुतीकरण र अन्तवार्तामा सहभागी भएका सन्तोषनारायण श्रेष्ठले सर्वोच्चमा निवेदन दिएका थिए ।

श्रेष्ठको निवेदनपछि असार १८ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै सिफारिस समितिको निर्णय तत्काल कार्यान्वयन नगर्न भनेको अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ९ : ४० बजे

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

कास्की– फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई–पोखरा–दुबई रुटमा नियमित

नेकपाले दुईमहिने विशेष अभियान सञ्चालन गर्ने

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सङ्गठन सुदृढीकरणका लागि दुईमहिने विशेष

कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आज देशभर पालिका तहको अधिवेशन गर्दैछ ।