कृषिसहित चारवटा समितिका बैठक बस्दै « Khabarhub

कृषिसहित चारवटा समितिका बैठक बस्दै


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत आज विभिन्न चारवटा समितिका बैठक बस्दैछन् । आज कानून, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।

कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने बताइएको छ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तावकर्ता सदस्यहरुसँग छलफल गर्ने कार्यसूची छ । यस्तै, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ ।

यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपालको अधिकांश ग्रामीण क्षेत्रमा बाँदर, बँदेल, दुम्सी, निलगाई लगायत जंगली जनावरबाट कृषि बालीमा भइरहेको क्षति, मानव वस्तीमा भइरहेको अतिक्रमण र बाघ, भालु, हात्तीलगायतका जनावरको आक्रमणबाट मानिसको ज्यानै लिने गरी मानव जनधनमा भइरहेको अपूरणीय क्षतिका सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यक्रम छ ।

यसैगरी, पूर्वाधार विकास समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा जलस्रोत विधेयक, २०८१ मा संशोधनकर्ता सदस्यहरुसँग छलफल हुनेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो साढे १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ६ : ४६ बजे

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज