जम्बो मन्त्रिपरिषदको अपजस लिनबाट पन्छिए जनमतका अध्यक्ष राउत | Khabarhub Khabarhub

 जम्बो मन्त्रिपरिषदको अपजस लिनबाट पन्छिए जनमतका अध्यक्ष राउत


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनमत पार्टीका अध्यक्ष डा. सिके राउत मधेश सरकारको मन्त्रिपरिषद विस्तार सम्बन्धमा जिम्मेवारीबाट पन्छिएका छन् ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मङ्गलबार १५ सदस्यीय रहेको मन्त्रिपरिषदलाई  विस्तार गरि २० सदस्यीय बनाएकोमा सर्वत्र आलोचना हुन थालेपछि जनमत पार्टीका अध्यक्ष राउत उक्त जिम्मेवारी लिनबाट पन्छिएका हुन् ।

डा. राउतले आज सामाजिक सञ्जालमार्फत मधेशमा गठबन्धनको सरकार रहेको र आफूहरूले चाहेर पनि केही गर्न नसक्ने उल्लेख गरेका छन् । उनले लेखेका छन्– बुझ्नुपर्छ : यो मधेश सरकार गठबन्धनको हो, जनमतको होइन ।’

मधेशको मन्त्रिपरिषद जम्बो बनाएको भन्दै सर्वत्र आलोचना भएपछि डा. राउतले समाजिक संजालमा सो धारणा सार्वजनिक गरेका हुन् ।

उनले भनेका छन्– ‘गठबन्धन र खासगरी दुई ठूला पार्टीले निर्धारण गरेको हो कि कति मन्त्रालय कसले राख्ने, कति राज्यमन्त्री राख्ने, कुनकुन मन्त्रालय कसले राख्ने । यसमा हाम्रो केही चल्दैन किनकी जनमत पार्टीको सिट सङ्ख्या मधेश प्रदेशमा निर्णायक होइन, अहिलेकै गठबन्धनमा पनि हामी बिना नै मधेश सरकार बन्छ । त्यसैले हामीले चाहेर मात्र हुँदैन ।’

डा. राउतले समाजिक संजालमा राखेको प्रतिक्रिया गैरजिम्मेवार रहेको भन्दै व्यापक आलोचना भइरहेको छ । राष्ट्रिय मुक्ति क्रान्ति मोर्चाका नेता राजिव झाले करिब ३० लाख मतदाता रहेको मधेशमा २० जनाको जम्बो मन्त्रिपरिषद बनाउन अत्यन्त आपत्तिजनक रहेको बताए ।

मुलुकमा सङ्घीयता लागू भएपछि लालबाबु राउतको नेतृत्वमा बनेको सरकारमा मुख्यमन्त्रीसहित ६ जना मन्त्री थिए, पछि विस्तार गरि ११ जना पुर्‍याइएकाे थियो ।

दोश्रो कार्यकालमा सरोज यादव नेतृत्वको मधेश सरकारमा १२ वटा मन्त्रालयमा मुख्यमन्त्रीसहित १७ सदस्यीय मन्त्रीपरिषद गठन गरिएपछि उनको पनि व्यापक आलोचना भएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ११ : ०७ बजे

अर्जुन ट्रफी क्रिकेट : धनगढीको पहिलो जित

फाप्ला– कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज

नक्कली नोटसहित सर्लाहीमा एक जना पक्राउ

सर्लाही– प्रहरीले नक्कली भारतीय नोटसहित सर्लाहीबाट एक जनालाई पक्राउ गरेको छ।

इरानमा बस पल्टिँदा ५४ जना घाइते

तेहरान– इरानको मध्य प्रान्त सेमनानको एक इन्टरसिटी सडकमा आइतबार बिहान

आपराधिक समूह र गुण्डागर्दीविरुद्ध प्रहरीले उपत्यकामा विशेष अपरेशन चलाउने

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले संघीय राजधानी सहर

न्यायपरिषद् सदस्यमा सिफारिस खड्काको नाम सुनुवाइ समितिबाट अनुमोदन

काठमाडौं– संसदीय सुनुवाइ समितिले न्यायपरिषद्को सदस्यमा सिफारिस दामोदर खड्काको नाम