मेकअप गर्दा नगर्नुहोस् यी गल्ती « Khabarhub

मेकअप गर्दा नगर्नुहोस् यी गल्ती


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राम्रो देखिनु वा त्यसकालागि मेकअप गर्नु सबैलाई राम्रै लाग्छ । हरेक महिलाको सुन्दर देखिने चाहाना हुन्छ । सुन्दर देखिन महिलाहरू विभिन्न प्रकारको मेकअप गर्ने गर्छन् । भनिन्छ, महिलाहरूका लागि मेकअप प्राकृतिक कुरा नै हो ।  तर त्यसको हेरचाह गर्न सकिएन भने चाहिँ यसको परिणाम विपरीत हुनसक्छ ।

कतिपय अवस्थामा गलत मेकअपकै कारण अनुहारको छाला समयभन्दा अगाडी चाउरिने र चमक हराउने सम्भावना बढ्ने गर्दछ । त्यसैले मेकअपका बारेमा आफ्नो केही भुल वा बानी सुधार गर्नुपर्ने हुन्छ ।

१. मेकअप पखाल्ने
जहिल्यै पनि मेकअप गरेको अनुहार सुत्ने बेलामा अनिवार्य पखाल्नु पर्दछ । दिनभरको जस्तोसुकै व्यवस्था वा थकान भए पनि मेकअप सफा नगरी सुत्दा अनुहारको छालामा भएका छिद्र बन्द हुन सक्ने सम्भावना हुन्छ ।

२. म्याद नाघेका सामाग्री
कहिल्यै डेट एक्सपायर ब्युटी प्रोडक्ट प्रयोग गर्नु हुँदैन । हरेक ब्युटी प्रोडक्टमा एक्सपायर मिति उल्लेख गरीएको हुन्छ । त्यसलाई सोही मितिभित्र प्रयोग गरिसक्नु पर्छ । अन्यथा, त्यसले खराब परिणाम निम्त्याउँछ ।

३. मेकअप ब्रसको सफाइ
दैनिक प्रयोग हुने मेकअप ब्रसको पनि नियमित सरसफाइ गर्नुपर्छ । मेकअप ब्रस मेकअप ब्याग तथा अन्य विभिन्न स्थानको सम्पर्कमा रहन्छ । यसैले यसको सफाइ आवश्यक छ ।

४. अनुहार छुने
अधिकांश महिलाले जानेर वा अनजानमा आफ्नो अनुहार छोइरहन्छन् । हरेक समय अनुहारमा हातले छोइरहँदा हातमा रहेको आयल तथा फोहोर अनुहारको सम्पर्कमा आउँछ । त्यसैले यो गल्ती गर्नु हुँदैन ।

५. बाथरुममा मेकअपका सामान राख्नु 
मेकअप प्रोडक्ट्स बाथरुपमा राख्दा छिट्टै खराब हुने गर्छ । बाथरुममा हुने चिसोपनको कारण मेकअपको सामानमा ब्याक्टेरियाले आक्रमण गर्छ र इन्फेक्सन गराउँछ । मेकअपको सामान सधैँ कुल र सुख्खा ठाउँमा राख्नुपर्छ ।

विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १ : ०५ बजे

राधिका शाक्य भन्छिन् : ओलीले भ्रष्टाचार गर्‍यो, अकूत कमायो भन्छन् तर हामीसँग निजी सम्पत्ति छैन

दमक- राधिका शाक्यद्वारा लिखित पुस्तक ‘मेरा अनुभूति’ को आइतबार दमकमा

वडा भू–प्रशासन सेवा केन्द्र सञ्चालन गर्न कर्मचारीलाई प्रक्रिया र प्रणाली सम्बन्धी तालिम सुरु 

काठमाडौं– वडाबाट भू–प्रशासन सेवा प्रारम्भ गर्न काठमाडौं महानगरपालिकाले कर्मचारीहरूका लागि

नेप्से परिसूचक २७ अङ्कले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको

केही शक्ति संघीयता असफल बनाउने षड्यन्त्र गरिरहेका छन् : उपेन्द्र यादव

सप्तरी- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा संघीय

राजनीतिमा पुस्ता : उमेरको होइन, चरित्रको बहस गरौँ

नेपालको राजनीतिमा अहिले एउटा लोकप्रिय, तर सरलीकृत कथन बारम्बार दोहोरिन्छ–