गण्डकीमा ९६ प्रतिशत रोपाइँ सकियो | Khabarhub Khabarhub

गण्डकीमा ९६ प्रतिशत रोपाइँ सकियो


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशको अधिकांश क्षेत्रमा रोपाइँ सकिएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्ममा ९६ प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको छ । सबैभन्दा बढी पर्वतमा ९९ प्रतिशत र सबैभन्दा कम गोरखामा ८७ दशमलव २८ प्रतिशत रोपाइँ भएको निर्देशनालयका कृषि अधिकृत रञ्जना पोखरेलले जानकारी दिए। 

कास्कीमा ९८ दशमलव ५०, म्याग्दीमा ९८ दशमलव ३०, लमजुङमा ९८, स्याङ्जामा ९८, बागलुङमा ९७, तनहुँमा ९६ दशमलव २२ र नवलपुरमा ९४ प्रतिशत रोपाइँ भएको हो । यस वर्ष प्रदेशभरिमा ९६ हजार ५३ हेक्टर क्षेत्रफलमा वर्षे धानखेती हुने अनुमान निर्देशनालयको छ । 

गत वर्ष ९७ हजार सात सय ६९ हेक्टरमा धानखेती गरिएको थियो । प्रदेशको कुल चार लाख ७९ हजार छ सय १७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्सेनि एक लाख हेक्टर वरिपरि वर्षे धानखेती हुँदै आएको छ । 

यही साताभित्रमा प्रदेशभरि रोपाइँ सकिने अनुमान गरिएको कृषि अधिकृत पोखरेलले बताउनुभयो । गत असार १५ सम्ममा प्रदेशमा जम्मा १५ प्रतिशत रोपाइँ भएकामा त्यसयता बढेर ९६ प्रतिशत पुगेको हो । पछिल्लो समय मनसुन सक्रिय भएकाले रोपाइँ सहज भएको छ । आकाशे पानीमा निर्भर किसान पनि यतिबेला रोपाइँमा व्यस्त छन् । 

बाह्रैमास सिँचाइ सुविधा भएका र दुई बाली फल्ने यहाँका फाँटमा मध्यजेठदेखि नै रोपाइँ सुरु हुन्छ । यस वर्ष रोपाइँका लागि मलको अभाव नरहेको निर्देशनालले जनाएको छ । हिमालपारिका जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धानखेती हुँदै आएको उनको भनाइ छ । 

नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धानखेतीको क्षेत्रफल बढी छ । धानखेतीका लागि जिल्लामा पकेट क्षेत्र तोकिएको छ । गोरखाको छेवेटार, पालुङटार, आरुघाट र सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार र करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट र कलेस्तीफाँट तथा कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानका पकेट क्षेत्र हुन् । 

पर्वतको फलेवास र जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला र गल्याङ, म्याग्दीको भगवती, पिप्ले र घतान, बागलुङको बडिगाड, गलकोट र जैमिनी तथा नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ । 

 गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धानखेती गरिन्छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १ : ४५ बजे

‘भिजिट भिसा’ प्रकरणबारे गृहमन्त्री भन्छन् : दुई–चार दिनमा आफैँ बोल्छु 

काठमाडौं– गृहमन्त्री रमेश लेखकले ‘भिजिट भिसा’ प्रकरणबारे मन्त्रालयले वक्तव्य जारी

वास्तविक धरातलमा आधारित बजेट निर्माण गरिने छ : मुख्यमन्त्री आचार्य

काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको कामलाई लयमा

खोजमूलक पत्रकारिता गर्नुपर्नेमा सञ्चारमन्त्रीको जोड

कास्की– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले खोजमूलक पत्रकारिता

अमेरिकाको सान डिएगोमा विमान दुर्घटना, पाइलटसहित ६ जनाको मृत्यु

एजेन्सी– अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएगो नगरमा बिहान बाक्लो कुहिरोबीच

किएभमा आक्रमणबीच रूस-युक्रेन कैदी आदान–प्रदान

एजेन्सी– युक्रेनको राजधानी किएभमा शनिबार भएको ड्रोन र मिसाइल आक्रमणमा