बडिगाड पहिरो : एकको शव फेला, तीन जना अझै बेपत्ता « Khabarhub

बडिगाड पहिरो : एकको शव फेला, तीन जना अझै बेपत्ता


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङको बडिगाड गाउँपालिका-१० आरुपाटामा मंगलबारको पहिरोले घर भत्किँदा पुरिएर बेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको छ । 

बडिगाड गाउँपालिका–१० स्थित तीन वर्षीय आरुष थापाको आज दिउँसो शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए। 

बरालका अनुसार पहिरोले भत्किएको घर खोतल्ने क्रममा थापाको शव भेटिएको हो । उनीसँगै एउटै घरमा पहिरोले पुर्दा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । पहिरोमा परी अझै तीन जना बेपत्ता भएका छन् । 

बेपत्ता हुनेमा सात वर्षीया मधु बुढा, १० वर्षीय मनोज बुढा र ११ वर्षीय यमलाल बिक रहेका छन् । बेपत्ताको खोजीमा नेपाल प्रहरी र नेपाली सेना परिचालन भइरहेका छन् । 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ६ : ११ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित