उपत्यका मेयर्स फोरमले भेट्यो प्रधानमन्त्रीलाई, सुनिता जाँदा बालेन्द्र गएनन् | Khabarhub Khabarhub

उपत्यका मेयर्स फोरमले भेट्यो प्रधानमन्त्रीलाई, सुनिता जाँदा बालेन्द्र गएनन्

केन्द्र र स्थानीय सरकारबीच समन्वयका साथ काम गर्न आग्रह


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपत्यका मेयर्स फोरमको टोलीले बुधबार भेटेको छ।

उपत्यका मेयर्स फोरमका अध्यक्ष एवम् ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनसहितको टोलीले प्रधानमन्त्रीलाई भेटेको हो ।

मेयर्स फोरमको टोली ओलीलाई भेट्न सिंहदबर पुग्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह सहभागी भएनन् । तर काठमाडौंकै उपमेयर सुनिता डंगोल भने टोलीसँग थिइन्।

फोरमका पदाधिकारीसँग सिंहदरबारमा भेटमा क्रममा प्रधानमन्त्री ओलीले ‘को भन्दा को ठुलो’ भनेर नभई केन्द्र र स्थानीय सरकार मिलेर समस्याको समाधान गरी जनतालाई सेवा दिनुपर्ने बताए ।

‘जनप्रतिनिधि जनताका पक्षमा काम गर्न निर्वाचित भएका हुन्छन् । त्यसैले हामीले अहंकार र दम्भबाट निर्देशित हुनु हुन्न । जनताप्रति शालिन र विनयशील हुनुपर्छ’,  ओलीले भने, ‘हामीसँग जनतालाई हप्काउने, दप्काउने, दुःख दिने, खोस्ने, लुट्ने र पिटपाट गर्ने अधिकार हुँदैन ।’

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालबाट गरिएका हल्ला दिगो नहुने बताए । ‘सडकमा हिँडेका जनताले जनप्रतिनिधिलाई गरेका गुणगान सक्कली र दिगो हुन्छन् । सामाजिक सञ्जाल र नक्कली नामबाट गरिएका प्रशंसा दिगो हुँदैनन्’, उनले भने ।

फोरमले नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहका नाममा आफूखुसी सडक बत्तीको बिल पठाएर बक्यौता देखाउँदा समस्या आएको लगायत विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको छ ।

जवाफमा प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय र निकायसँग बुझेर आवश्यक सहजीकरण गर्ने विश्वास दिलाए। उनले फोहोरमैला व्यवस्थापनको दीगो समाधान गर्नुपर्नेमा पनि सरकार सजग रहेको स्पष्ट गरे ।

फोरमका अध्यक्ष चिरीबाबु महर्जनले प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गरे । उनले पारस्परिक सम्बन्ध र सहअस्तित्वबाट सहयोग आदानप्रदान गर्दै जनतालाई सेवा दिन प्रतिबद्ध रहेको बताए । उनले केन्द्र सरकारबाट हुनुपर्ने सहजीकरणमा प्रधानमन्त्रीको साथ मागे ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ६ : ४१ बजे

रास्वपाको पहिलो महाधिवेशन बैशाखमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशन आगामी बैशाखको

रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

दसैँ लक्षित अग्रिम टिकट खुलाउनेबारे छलफल

काठमाडौं– दसैँ लक्षित सार्वजनिक यातायातको अग्रिम टिकट खुलाउने विषयमा भौतिक

धरहरा आंशिक मात्रै सञ्चालनमा ल्याइने, शुल्क प्रतिव्यक्ति ६ सय रुपैयाँ !

काठमाडौं– उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले अहिलेलाई धरहरा आंशिक

आफूलाई पक्रेर देखाउन सरकारलाई राजेन्द्र लिङ्देनको चुनौति

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पक्रेर देखाउन