विद्यार्थीमा डेङ्गु संक्रमण देखिएपछि तनहुँका दुई विद्यालय बन्द | Khabarhub Khabarhub

विद्यार्थीमा डेङ्गु संक्रमण देखिएपछि तनहुँका दुई विद्यालय बन्द


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित दुई निजी विद्यालयका विद्यार्थी डेङ्गु सङ्क्रमणले बिरामी हुन थालेपछि आजदेखि विद्यालय बन्द गरिएको छ ।

आँबुखैरेनी गाउँपालिका–३ स्थित मस्र्याङ्दी बालज्योति बोर्डिङ स्कूल र बालशिक्षा सदन बोर्डिङ स्कूलका केही विद्यार्थीमा डेङ्गु सङ्क्रमण देखिएपछि केही दिनका लागि विद्यालय बन्द गरिएको हो ।

विद्यार्थीमा ज्वरो आउने समस्यापछि परीक्षण गर्दा डेङ्गु सङ्क्रमण पुष्टि भएको र यस क्षेत्रमा केही दिन सङ्क्रमण फैलिइरहेकाले विद्यालय बन्द गराइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख निर्मला कुँवरले जानकारी दिए । उनले भने, “अन्य विद्यालयले विद्यार्थीको बिरामीको अवस्थाअनुसार बिरामी सङ्ख्या वृद्धि भएको खण्डमा विद्यालय बन्द गर्न निर्देशन दिइएको छ । डेङ्गु रोगको रोकथाम र नियन्त्रण सम्बन्धमा पूर्वतयारी तथा विशेष सतर्कता अपनाउन भनिएको छ ।”

कुँवरले डेङ्गु सङ्क्रमितको आँबुखैरेनी अस्पतालमा निःशुल्क उपचार भइरहेको उल्लेख गरे । आँबुखैरेनीमा हालसम्म तीन सय ५० भन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । डेङ्गु सङ्क्रमण बढेपछि जनचेतनामूलक कार्यलाई जोड दिइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ८ : १८ बजे

बाँकेमा ‘जापनिज इन्सेफ्लाइटिस’पुष्टि : बिरामीको अवस्था सामान्य

नेपालगञ्ज – बाँकेको नरैनापुर गाउँपालिकामा जापनिज इन्सेफ्लाइटिसको बिरामी फेलापरेको छ।

आरनमा रुचि भएन, संस्कृत पढें : आचार्य लेखबहादुर विश्वकर्मा

काठमाडौं- आचार्य लेखबहादुर विश्वकर्मा देशकै सर्वाधिक जेठो दरबार हाईस्कुलमा संस्कृत

पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो

काठमाडौं – सोमबार साँझ अवरुद्ध भएको पृथ्वीरामार्गको धादिङ खण्ड मध्यरातदेखि

हिमाली गोठाला : जसले एक्लै हेर्नुपर्छ सयौं भेडा र च्याङ्ग्रा

म्याग्दी – सुन्तला रङको बाक्लो ज्याकेटमाथि मुस्किलले पानी छेक्ने पहेँलो

आजको मौसम : कुन प्रदेशमा कति पानी पर्छ ?

काठमाडौं – अहिले देशभर मनसुनी वायुको प्रभाव कायमै छ। जल