जिल्ला प्रशासन कार्यालय रुपन्देही देशभरमै सर्वोत्कृष्ट « Khabarhub

जिल्ला प्रशासन कार्यालय रुपन्देही देशभरमै सर्वोत्कृष्ट


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – जिल्ला प्रशासन कार्यालय रुपन्देही देशभरिमै सर्वोत्कृष्ट भएको छ । गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय रुपन्देहीबीच भएको कार्यसम्पादन सम्झौतामा ९८ अङ्क प्राप्त गर्दै रुपन्देही सर्वोत्कृष्ट भएको हो ।

गृह मन्त्रालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष सुरुआतसँगै कार्यसम्पादन सम्झौता गर्ने गरेका छन् । शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, शासकीय प्रबन्ध, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास सहजीकरणलगायत ६६ वटा सूचकमा १०० पूर्णाङ्कमध्ये रुपन्देहीले ९८ अङ्क प्राप्त गरेको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए ।

यस्तै ९७ दशमलव पाँच अङ्कसहित पाल्पा जिल्ला प्रशासन कार्यालय दोस्रो, ९७ दशमलव छ अङ्क प्राप्त गरी बागलुङ तेस्रो भएको छ । यस्तै चौथोमा पश्चिम रुकुम ९७ दशमलव पाँच, पाँचौँमा ९७ दशमलव तीन अङ्कसहित मकवानपुर र पर्वत, छैठौँमा गुल्मी ९७, सातौँमा तेह्रथुम ९६ दशमलव आठ, आठौँमा रोल्पा ९६ दशमलव ७५, नवौँमा सोलुखुम्बू ९६ दशमलव पाँच र ९६ दशमलव चार अङ्कसहित १०औँ नम्बर डडेलधुरा पर्न सफल भएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सबैको साथ र सहयोगले रुपन्देही सर्वोउत्कृष्ट भएको बताए ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १० : ५२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै