यागी नामक चक्रवातका कारण चीनमा दुई जनाको मृत्यु « Khabarhub

यागी नामक चक्रवातका कारण चीनमा दुई जनाको मृत्यु


२२ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

चीन– दक्षिण चीनको टापु प्रान्त हाइनानमा सुपर टाइफुन यागीले निम्त्याएको भारी वर्षा र वेगवान् हुरीको कारण दुई जनाको मृत्यु भएको छ । साथै ९२ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

यागीका कारण चीनको डिङ्गान काउन्टीमा दुई जनाको मृत्यु भएको छ भने वेन्चाङ सहरमा शनिबार १२ जना र हाइकोउ सहरमा ८० जना घाइते भएको प्रान्तीय प्रशासनले जानकारी गराएको छ । 

आँधी र वर्षा कम भएपछि हाइनानमा वागीका कारण जारी गरिएको चेतावनी अन्त्य गरिएको छ भने प्रान्तभरी उद्धार कार्यहरू सुरु गरिएको छ ।

विद्युत्का कर्मचारीहरूलाई प्रभावित घरहरूमा बिजुली पुनस्र्थापना गर्न परिचालन गरिएको छ । वर्षा र आँधीका कारण अवरुद्ध ८९ वटा सडकमध्ये ५१ वटाको सडकको मर्मत सम्भार भइरहेको  जनाइएको छ ।

प्रभावीत क्षेत्रमा रेल सेवाहरू शनिबार दिउँसो पुनः सुरु हुने अपेक्षा गरिएको छ भने किओङझाउ प्रान्तमा आइतबार साँझमात्रै सेवाहरू पुनः सुरु हुने अनुमान गरिएको छ ।

यागीको कारण हाइकोउ माइलान अन्तर्राष्ट्रिय विमानस्थल आइतबारसम्म बन्द रहनेछ भने सान्याको फिनिक्स अन्तर्राष्ट्रिय विमानस्थलले शनिबारदेखि उडान सेवाहरू पुनः सुरु गर्ने जनाइएको छ ।

प्रान्तभरी १२ हजार ५०० भन्दा बढी सञ्चार स्टेसनहरू क्षतिग्रस्त भएको वेन्चाङ सहरले सञ्चार सुविधामा सबैभन्दा बढी क्षति बेहोरेको छ भने र पुनःस्थापनाका लागि कर्मचारीहरू खटिएका छन् ।  

शुक्रबार पहिले चीनको हाइनानमा अवतरण गरेको यागीले त्यसपछि गुआङडोङ प्रान्तलाई प्रभावित पार्दै बिस्तारै भियतनामतर्फ मोडिएको छ । शनिबार भियतनामले तटीय क्षेत्रमा यागीबाट हुनसक्ने सम्भावित दुर्घटनाबाट सावधानी अपनाउन चेतावनी जारी गरेको छ । 

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  १२ : ४५ बजे

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ