घरेलु मैदानमा बराबरीमा रोकियो चेल्सी « Khabarhub

घरेलु मैदानमा बराबरीमा रोकियो चेल्सी


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

लन्डन – इङ्लिस प्रिमियरसिपको आइतबार राति भएको खेलमा चेल्सी र नटिङघम फरेस्टको १-१ गोलको बराबरी गरेका छन्। चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा क्रिउ उडको गोलमा ४९ औँ मिनेटमा भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए। त्यसको ८ मिनेटमा नोनु माडुन्केले चेल्सीका लागि बराबरी गोल गरे। सो खेलमा फरेस्टका वार्ड प्रोजले ७८ औँ मिनेटमा दोस्रो पहेँलो कार्ड स्वरूप रातो कार्ड पाएका थिए।

गएराति भएका खेलमा म्यानचेस्टर युनाइटेडले अस्टन भिल्लासँग गोलरहित बराबरी गरेको छ।
टोटनहाम हस्टस्पर्स र एफसी पोटोसँग गएको खेलमा कमजोर प्रदर्शन गरेको म्यानचेस्टरका लागि यो बराबरीले केही राहत मिलेको छ। क्लबका मालिक मध्यकै एक सर रिम जेट क्लिफ आइतबारको सो खेल हेर्न भिल्लापार्कसम्म पुगेका थिए।

अर्को खेलमा २ गोलले पछि परेको ब्रिङटन खेल उल्ट्याउँदै टोटनहाम हस्टस्पर्ससँगको खेलमा ३-२ को जित हात पार्न सफल भएको छ।

टोटनहामले ३७ मिनेटमा नै २ गोलको अग्रता लिएको थियो। डोमिनिक सोलान्कोको थ्रोलाई उपयोग गदै ब्रिना जोन्सनले छैटौँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए। सो गोल उनको छैटौँ खेलमा छैटौँ नै थियो। जेम्स म्याडिसनले टोटनहामका लागि दोस्रो गोल गरेका हुन्।

दोस्रो हाफको सुरुवातमा यान्कुबा मिन्टेको गोलमा ब्रिङटन खेलमा फर्केको थियो। ५८ औं मिनेटमा मिन्टेकै पासमा जर्जिनो रुइटरले बराबरी गोल गरे। ६६ औँ मिनेटमा रुइटरको पासमा डेनी विलब्याकले विजयी गोल गरे।

७ खेलमा समाप्तिको लिभरपुल १८ तथा म्यानचेस्टर सिटी आर्सनल १७ अङ्कका साथ शीर्ष ३ स्थानमा छन्। चेल्सी र अस्टन भिल्लाको भने १४ अङ्क छ। ब्रिङटन १२ अङ्क सहित छैटौँ स्थानमा छ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ७ : ०९ बजे

७ अंक बढीले घट्यो नेप्से, १४ दिनदेखि दैनिक ५ अर्ब मुनिको कारोबार

काठमाडौं– साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

एमालेको अभियान उद्घाटन गर्न अध्यक्ष ओली झापा जाँदै

काठमाडौं- प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

रोल्पा पहिरो : हराएकाको खोजी जारी

रोल्पा– जिल्लाको सुनछहरि गाँउपालिका वडा नं २ स्थित मङरारु गाउँमा

सानेपातिर देखाउँदै दुर्लभको आक्रोश : देउवाको नेतृत्वमा नगए तपाईंहरूको हालत के होला ?

काठमाडौं- नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले १५औँ महाधिवेशनमा शेरबहादुर

भारतमा हुने एसीसी प्रिमियर कपबारे सन्दिपले भने- विगतका गल्ती-कमजोरी सच्याएर अघि बढ्छौँ

काठमाडौं– मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि भारत जाने