चारसय ‘पोस्ट ग्राजुएट’ विद्यार्थी कोटा थप्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय « Khabarhub

चारसय ‘पोस्ट ग्राजुएट’ विद्यार्थी कोटा थप्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले प्रतिष्ठान अन्तर्गतका सरकारी मेडिकल तथा नर्सिङ कलेजमा ‘पोस्ट ग्राजुएट’ चिकित्सक तथा नर्स अध्यापनका लागि आवश्यक शिक्षक दरबन्दी स्वीकृत गरेको छ ।

प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आइतबार बसेको ३१औँ सिनेट बैठकले सो निर्णय गरेको हो ।

मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा दक्ष चिकित्सक अभाव कम गर्न सरकारी मेडिकल कलेजहरुमा पोस्ट ग्राजुएट विद्यार्थीको कोटा थप्न पहल गर्ने निर्णय गरेका थिए ।

बैठकमा मन्त्री पौडेलले देशमा दक्ष चिकित्सक अभाव कम गर्नका लागि यस निर्णय ऐतिहासिक हुने विश्वास व्यक्त गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि प्रतिष्ठानलाई निर्देशन दिए ।

योसँगै अब देशैभरका सरकारी चिकित्सा तथा नर्सिङ कलेजमा चार सयसम्म पोष्ट ग्राजुएट विद्यार्थीलाई थप अध्ययन गराउन सकिने प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर भुपेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

उनले भने, ‘सरकारी कलेजमा पोस्ट ग्राजुएट विद्यार्थीको अध्ययन कोटा कम भएको अवस्थामा यो निर्णयले ठूलो संख्यामा विद्यार्थी थप गराउन सघाउनेछ ।’

अहिले प्रतिष्ठानमार्फत शैक्षिक आबद्धता लिएका सरकारी मेडिकल तथा नर्सिङ कलेजहरुमा ११२ जना विद्यार्थी वार्षिक रुपमा पोस्ट ग्राजुएट अध्ययन गरिरहेका छन् ।

शिक्षक अभावमा दक्ष चिकित्सा जनशक्ति अभाव भए पनि विद्यार्थी थप गर्न नसकिएको अवस्थामा यो निर्णयले सहायता पुग्ने विश्वास गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिए ।

बैठकले यसअघि न्याम्स अन्तर्गत शैक्षिक आबद्धता लिएका आंगिक कलेज भरतपुर अस्पताल, कोशी अस्पतालसँगै नारायणी र भेरीमा अस्पताललाईसमेत आबद्धता दिने निर्णय गरेको छ । ती सबै अस्पतालका लागि आवश्यक शिक्षक दरबन्दी स्वीकृत भएको छ ।

यसैगरी, मेची आँखा अस्पताल, गेटा आँखा अस्पताल, सशस्त्र प्रहरी अस्पताल, नेपाल अर्थोपेडिक अस्पतालका लागि समेत पोस्ट ग्राजुएट अध्ययनमा विद्यार्थी थप्न सघाउने गरी शिक्षक दरबन्दी थप भएको छ ।

नर्सिंङ क्याम्पस, भरतपुर नर्सिङ क्याम्पस, कान्ति नर्सिङ क्याम्पस, निजामती नर्सिङ क्याम्पस तथा सशस्त्रको नर्सिङ क्यम्पसका लागि समेत शिक्षक दरबन्दी स्वीकृत गरिएको उपकुलपति बस्नेतले जानकारी दिए ।

बैठकले प्रतिष्ठानले एमबीबीएस अध्ययन थाल्नेसमेत निर्णय गरेको छ । प्रतिष्ठान अन्तर्गत रहेका वीर अस्पताल, ट्रमा सेन्टर तथा नर्सिङ्ग  क्याम्पसलाई अब एमबीबीएस अध्ययन थाल्नसमेत यस निर्णयले बाटो खुला भएको उपकुलपति बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  १२ : १२ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका