महिलाका मुद्दामा साझा अभियान चलाइने « Khabarhub

महिलाका मुद्दामा साझा अभियान चलाइने


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं महिलाका मुद्दालाई साझा  सवालका रूपमा उठान गर्ने उद्देश्यले नेपाल महिला सङ्घ, अखिल नेपाल महिला सङ्घ र अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को संयुक्त कार्य योजना तयार भएको छ । 

काठमाठौँमा आज आयोजित छलफलमा तीन वटै संस्थाले महिलाका साझा मुद्दामा अभियान सुरु गर्ने जानकारी दिएका छन् । यसै अभियानका क्रममा कात्तिक ९ गते पूर्व सांसदबीच उपत्यका भेला गरिने भएको छ । 

विसं २०६४ सालदेखि अहिलेसम्म निर्वाचित सांसदको उपत्यका भेला गर्ने कार्यतालिका रहेको नेकपा (एमाले) निकट अखिल नेपाल महिला सङ्घका अध्यक्ष टुकाभद्र हमालले जानकारी दिए। उनले महिलाको सवाल समाजदेखि सदनसम्म बलियो बनाउने अभियानमा राजनीतिक दलका महिला भातृ सङ्गठन एक भएर अभियाननै चलाउन सुरु गरिएको बताए । 

माओवादी केन्द्र निकट अखिल नेपाल महिला सङ्घ(क्रान्तिकार)का अध्यक्ष अमृता थापाले राजनीतिक आस्था र सक्रियता जहाँ भए पनि महिलाका मुद्दा स्थापित गर्न नारी आन्दोलनमा एकरूपता अनिवार्य रहेको सुनाए । 

नेपाली कांग्रेस निकट नेपाल महिला सङ्घका अध्यक्ष उषा राउतले महिलाका मुद्दामा पार्टीभन्दा माथि उठेर अभियान चलाउनु जरुरी रहेको बताए। छलफलमा सहभागी संविधानसभा सदस्य डा बिन्दा पाण्डेले कात्तिक ९ गते हुने भेला माथि प्रकाश पारे । 

विसं २०६४ साल यता निर्वाचित भएका उपत्यकामा उपलब्ध हुने सांसदको भेला गरेर महिलासँग सम्बन्धित राजनीतिक, आर्थिक, सामाजिक विषयमा अन्तरक्रिया गर्ने बताए।

उनका अनुसार नेपालको महिला आन्दोलनको साझा मुद्दा, निर्वाचनसम्बन्धी एकीकृत कानुन माथि छलफल, निर्वाचनमा महिलाको अवस्था, मिसन २०८४ मा ५० प्रतिशत महिला उम्मेदवारको राजनीतिक उपस्थीति हुनुपर्ने विषयमा सांसदको भूमिका कस्तो हुने भन्ने लगायत मुद्दामाथि छलफल हुनेछ । 

संविधानसभा सदस्य सुनिलबाबु पन्तले महिला आन्दोलनले समाजमा विद्यमान लैङ्गिक असमानता हटाउन सक्ने सम्भावनाबारे बिचार राखे । 

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ७ : ०३ बजे

थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता

एजेन्सी– थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन्

गोरु पाल्ने किसानलाई बिहादी गाउँपालिको अनुदान

पर्वत– जिल्लाको बिहादी गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान

रास्वपासँग सहमति नभए ज्वागलमै खुल्ने बालेनको ‘देश विकास पार्टी’ कार्यालय

ललितपुर – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दल

राष्ट्रपति पौडेल र माधव नेपालबीच भेटवार्ता

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच आज बिहान

रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट हुँदा एक जनाको मृत्यु, ६ कामदार घाइते

काठमाडौं – रौतहटमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ