कानको विवादास्पद पेनाल्टी गोलसँगै सकियो आर्सनलको अपराजित यात्रा « Khabarhub

कानको विवादास्पद पेनाल्टी गोलसँगै सकियो आर्सनलको अपराजित यात्रा


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस सिजनको च्याम्पियन्स लिगमा आर्सनलको अपराजित यात्रा सकिएको छ। तीन खेलमा दुई जित र एक बराबरी खेलेको अर्सनल गएराति भएको चौथो खेलमा इन्टर मिलानसँग पराजित भएको हो।

सानसिरिमा भएको खेलको पहिलो हाफमा पाएको विवादास्पद पेनाल्टीलाई उपयोग गर्दै इन्टर मिलानले आर्सनललाई १-० ले हराएको हो। पहिलो हाफ सकिन केही सेकेन्ड बाँकी रहँदा मिकेल मेरिनोको ह्यान्ड भएपछि इन्टरले पेनाल्टी पाएको थियो। पेनाल्टीको अवसरलाई हाकन कान हागाउग्लुले निर्णायक गोलमा परिणत गरेका हुन्।

आर्सनलले यस सिजनमा युरोपेली प्रतियोगितामा खाएको यो नै पहिलो गोल हो। पहिलो खेलमा एटलान्टासँग गोलरहित बराबरी खेलको आर्सनलले दोस्रो खेलमा २-० र तेस्रो खेलमा १-० को जित निकालेको थियो। चार खेलमा दुई जित, एक हार र एक बराबरी खेलेको आर्सनलले सात अंक जोडेको छ।

गएराति नै भएको अर्को खेलमा साख्तर डोन्सटकले यङ ब्वाइजलाई २-१ले हराउँदा रेडबुल साल ब्रजले फियुनार्डलाई ३-१ ले पराजित गरेको छ। ब्रेस्टले स्पार्टा प्रागलाई २-१ पराजित गर्दा एटलान्टाले स्टुगार्डलाई २-० ले हराएको छ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  ८ : १२ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका