कानको विवादास्पद पेनाल्टी गोलसँगै सकियो आर्सनलको अपराजित यात्रा « Khabarhub

कानको विवादास्पद पेनाल्टी गोलसँगै सकियो आर्सनलको अपराजित यात्रा


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस सिजनको च्याम्पियन्स लिगमा आर्सनलको अपराजित यात्रा सकिएको छ। तीन खेलमा दुई जित र एक बराबरी खेलेको अर्सनल गएराति भएको चौथो खेलमा इन्टर मिलानसँग पराजित भएको हो।

सानसिरिमा भएको खेलको पहिलो हाफमा पाएको विवादास्पद पेनाल्टीलाई उपयोग गर्दै इन्टर मिलानले आर्सनललाई १-० ले हराएको हो। पहिलो हाफ सकिन केही सेकेन्ड बाँकी रहँदा मिकेल मेरिनोको ह्यान्ड भएपछि इन्टरले पेनाल्टी पाएको थियो। पेनाल्टीको अवसरलाई हाकन कान हागाउग्लुले निर्णायक गोलमा परिणत गरेका हुन्।

आर्सनलले यस सिजनमा युरोपेली प्रतियोगितामा खाएको यो नै पहिलो गोल हो। पहिलो खेलमा एटलान्टासँग गोलरहित बराबरी खेलको आर्सनलले दोस्रो खेलमा २-० र तेस्रो खेलमा १-० को जित निकालेको थियो। चार खेलमा दुई जित, एक हार र एक बराबरी खेलेको आर्सनलले सात अंक जोडेको छ।

गएराति नै भएको अर्को खेलमा साख्तर डोन्सटकले यङ ब्वाइजलाई २-१ले हराउँदा रेडबुल साल ब्रजले फियुनार्डलाई ३-१ ले पराजित गरेको छ। ब्रेस्टले स्पार्टा प्रागलाई २-१ पराजित गर्दा एटलान्टाले स्टुगार्डलाई २-० ले हराएको छ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  ८ : १२ बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले