छठ व्रत र सझियाघाट आज « Khabarhub

छठ व्रत र सझियाघाट आज


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीसहितका मिथिला क्षेत्रमा आज छठ पर्वको रौनक छ । आज छठको तेश्रो अर्थात् मुख्य दिन बर्तालु निराहर रहन्छन् ।

पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सक्खरको खीर प्रसादस्वरुप खाएपछि बर्तालुको निराहार व्रत प्रारम्भ भएको छ ।

आज साँझ नै बर्तालुले पवित्र जलाशयमा सजाइएको घाटमा विविध परिकार राखिएका डालीहरु हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भनिन्छ ।

श्रद्धा, निष्ठा र समर्पणको प्रतीक मानिने छठ पर्वको अवसरमा मिथिलाका गाउँनगर बस्ती अहिले दुलही झैँ सिँगारिएका छन् ।

खासगरी जलाशयमा बनाइएका घाटहरु मनमोहक छन् । बर्तालुले भोली सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ विधिवत् रुपमा समापन हुनेछ ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  ८ : २६ बजे

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको