राष्ट्रिय एकता मजबुत बनाउन छठको विशिष्ट भूमिका छ : सभाध्यक्ष दाहाल | Khabarhub Khabarhub

राष्ट्रिय एकता मजबुत बनाउन छठको विशिष्ट भूमिका छ : सभाध्यक्ष दाहाल


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

छठ पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले हरेक समुदाय, जाति र क्षेत्रमा आफ्नो संस्कार एवं आस्थाअनुसार चाडपर्वहरू मनाउनु र यस्ता समुदाय विशेष चाडपर्वलाई सम्मान गर्नु नेपालीहरूको सांस्कृतिक विशेषता भएकाले यो नेपाली समुदायका लागि गर्वको विषय भएको उल्लेख गरेका छन् ।

अध्यक्ष दाहालले तराई–मधेशमा सूर्यको पूजा गरी उल्लासपूर्वक मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं दीर्घायुको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

सूर्यको उपासना गरी मनाइने छठ पर्व प्रकृति र मानव जीवनबीचको सम्बन्ध स्थापित गर्ने पर्वका रूपमा समेत स्थापित छ ।

सभाध्यक्ष दाहालले विभिन्न जातजाति, धर्म र समुदायअनुसार आ–आफ्नै संस्कृति, परम्परा र चाडपर्वहरूले हाम्रो विविधतालाई प्रतिविम्बित गरेको र विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान भएको बताएका छन् ।

परिवारको कल्याण, सन्तान सुख र मनोकामना पूरा हुने विश्वासका साथ मनाइने छठ पर्वले सबैलाई परिवार, समुदाय र समग्र मानव कल्याणको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गर्ने सभाध्यक्ष दाहालको विश्वास छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  ८ : ४८ बजे

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका

च्याम्पियन्स लिग : बायर लिभरकुजेनसँग बेनिफिका पराजित

काठमाडौं– युईएफए च्याम्पियन्स लिग फुटबलमा बायर लिभरकुजेनले जित निकालेको छ

ओलीले हरियो झन्डा नदेखाएपछि अन्तिममा खनालको बाटो फेरियो

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल नेकपा (माओवादी केन्द्र)सहित

पूर्वसैनिक घलेको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

सुनसरी– करिब २८ वर्ष भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त

राष्ट्र बैङ्क प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक पौडेललाई

काठमाडौं– नेपाल राष्ट्र बैङ्कको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई