‘नेपाली खानालाई विश्वमाझ फैलाउन आवश्यक’ « Khabarhub

‘नेपाली खानालाई विश्वमाझ फैलाउन आवश्यक’


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले नेपाली खानालाई विश्वमाझ फैलाउन आवश्यक भएको बताउनुभएको छ । त्यसका लागि नेपाली सेफ्सले महत्वपूर्ण भूमिका खेलेको उनले उल्लेख गरे ।

सेफ्स एशोसिएसन अफ नेपालको २९औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित ‘नेपाली मौलिक खानाको प्रदर्शन कार्यक्रममा राज्यमन्त्री चौधरीले नेपाली सेफ्सले विश्वमाझ नेपाली खाना चिनाउन खेलेको भूमिका सराहनीय रहेको बताए ।

“नेपाली संस्कृति, पहिचान र मौलिक खानाको विदेशसम्म प्रदर्शन गर्न नेपाली सेफ्सको भूमिको राज्यले कदर गर्नुपर्छ, सरकार यस विषयमा गम्भीर बन्छ”, उनले भने ।

कार्यक्रममा सेफ्स एशोसिएसन अफ नेपालका अध्यक्ष रेशमबहादुर लामाले नेपाली सेफ्सको हकअधिकार र नेपाली खानाको अन्तर्राष्ट्रियस्तरसम्म प्रवद्धन गर्न एशोसिएसनले काम गरिरहेको बताए । विसं २०५३ मा स्थापना भएको एशोसिएसनले ‘वल्र्ड सेफ्स सोसाइटी’मा आबद्ध भई नेपाली खानाको विदेशसम्म प्रचारप्रसार गर्दै आएको उनको भनाइ थियो ।

कार्यक्रममा सेफ्स एशोसिएसन अफ नेपालका पूर्वअध्यक्षहरु र २५ वर्ष निरन्तर सेफ्स पेसामा कार्यरत वरिष्ठ सेफ्सहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा विभिन्न जातजातिका खानासमेत प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  ११ : ०५ बजे

जेन-जीलाई सिंहदरबार प्रवेशमा रोक (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित माग पत्र बुझाउन आएका

कफिनमै जीवित भेटिइन् थाइ महिला

बैंकक– दाहसंस्कारका लागि ल्याइएकी एक थाइ महिला अचानक कफिनभित्र चहलपहल

नेकपा प्रवेश गर्नेलाई प्रचण्ड-माधवले गरे स्वागत (तस्बिरहरू)

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी सम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासंघमा

सवारी दुर्घटनामा छोरीको मृत्यु, बुबा घाइते

चितवन– ग्यास बुलेटको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ

गगनलाई कल्याणको जवाफ : विशेष महाधिवेशन एक हुँदैन, दुई हुँदैन, तीन हुँदैन

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले महामन्त्री गगनकुमार थापालाई