बोलेर होइन काम गरेर देखाउनुपर्छः उपप्रधानमन्त्री सिंह | Khabarhub Khabarhub

बोलेर होइन काम गरेर देखाउनुपर्छः उपप्रधानमन्त्री सिंह


२२ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा – उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले अब बोल्नेभन्दा पनि उपलब्धि देखाउनुपर्ने बताएका छन् ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ को मिर्मी बहुमुखी क्याम्पसको स्तरोन्नतिका लागि आयोजित श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको आज उद्घाटन गर्दै उनले जनताले बोलीभन्दा पनि परिणामको अपेक्षा गरिरहेकाले सोहीअनुसार सबै अगाडि बढ्नुपर्नेमा जोड दिए।

“जनताको चाहना नै बोलीभन्दा पनि देखिने काम हुनुपर्‍यो भन्ने हो । काम हुनुपर्‍यो, चाँडै हुनुपर्‍यो, देखिनेगरी हुनुपर्‍यो भन्ने छ । अहिलेको सरकारले यो कुरा बुझेरै अगाडि बढिरहेको छ । यसमा सबैको सहयोग आवश्यक छ”, उपप्रधानमन्त्री सिंहले भने।

पवित्र उद्देश्य राखेर आयोजना गरिएको महायज्ञको सफलताको कामना गर्दै उनले यस क्षेत्रको शैक्षिक धरोहरका रूपमा स्थापित हुँदै गरेको क्याम्पसको स्तरोन्नतिका लागि नेपाल सरकारका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।

“यहाँहरूले पवित्र उद्देश्यसहित थाल्नुभएको यस कार्यको सफलताको कामना गर्छु । आगामी दिनमा अधुरा रहेका कार्य पूरा गर्न सहयोगका लागि म तयार छु”, उपप्रधानमन्त्री सिंहले भने ।

क्याम्पसको स्तरोन्नति गर्ने उद्देश्यसहित आयोजना गरिएको महायज्ञमा पण्डित दीनबन्धु पोखरेलले कथावाचन गर्नेछन् । विसं २०६२ मा स्थापना भएको उक्त क्याम्पस १७ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ९ : ३२ बजे

रौतहटमा मेला उद्घाटन गर्ने विषयमा विवाद हुँदा झडप, पाँचजना घाइते

रौतहट – रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर

विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्

कर्णाली – नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना