बागलुङको लेबाङमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन « Khabarhub

बागलुङको लेबाङमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–१ लेबाङमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा आएको छ । अहिलेसम्म लेबाङवासी तीन घण्टाको यात्रा गरेपछि मात्रै स्वास्थ्य संस्था पुग्ने गर्दथे ।

गाउँमै सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा आएपछि सामान्य घाउ, चोटपटक र बिरामी परेपछि उपचारका लागि घण्टौँ लगाएर अस्पताल पुग्न नपर्ने स्थानीय डिलबहादुर पुनले बताए ।

गाउँमा कोही बिरामी भए तीन घण्टा लगाएर देवीस्थान स्वास्थ्यचौकीमा ल्याएर उपचार गराउने गरेको जनाउँदै अब त्यो समस्या समाधान भएको उनको भनाइ थियो ।

लेबाङमा करिब ६ सय घरधुरीका छन् । गाउँमा बिरामी परे दिनभरि लगाएर बजार झर्नुपर्ने अवस्था थियो । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले हाल एक जना अहेव र एक जना कार्यालय सहयोगीको व्यवस्था गरी सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको जानकारी दिए ।

उनले  थप स्वास्थ्यकर्मीसहित जनशक्ति विस्तारै बढाउँदै जाने बताए ।  एकाइ सञ्चालनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा दश लाख विनियोजन गरेको अध्यक्ष घर्ती मगरले बताए ।

 

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  १० : २६ बजे

भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु 

नयाँदिल्ली– उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा शनिबार एउटा निजी बस

लोकतन्त्र पुनः स्थापनाका लागि अग्रगामी मोर्चा बनाएका हौं : प्रभु साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

सिनेटले गर्‍यो ट्रम्पका विश्वासपात्र टोड ब्लान्चलाई महान्यायाधिवक्तामा स्वीकृत

वाशिङ्टन– अमेरिकाको माथिल्लो सदन सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र टोड

राष्ट्रियता र विकासका सवालमा संविधान पक्षधर शक्ति एकजुट हुनुपर्छ : महासचिव पोखरेल

काठमाडौं- नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रियता, विकास र लोकतान्त्रिक

चालक तथा सहचालकको सुरक्षाका लागि कडा कानून बनाउन माग

काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले सवारी दुर्घटना