डेडिकेटेड लाइनको बक्यौता पनि उठ्ने र उद्योग पनि चल्ने विकल्प खोजौँ : प्रधानमन्त्री | Khabarhub Khabarhub

डेडिकेटेड लाइनको बक्यौता पनि उठ्ने र उद्योग पनि चल्ने विकल्प खोजौँ : प्रधानमन्त्री


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले ट्रंक र डेडिकेटेड लाइनको विवादलाई सहमतिको आधारमा टुंगो लगाउनुपर्ने बताएका छन् ।

यो समस्या समाधानका लागि व्यवसायीले विद्युत प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता पनि उठ्ने र उद्योग पनि चल्ने विकल्पमा जानुपर्ने उनको भनाई छ ।

आज सिंहदरबारमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका मन्त्री, सचिव र अन्य पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्रीले अख्तियार, संसदीय समितिको समेत निर्देशनलाई मनन गरेर निष्कर्षमा पुग्नुपर्ने बताउँदै महान्यायधिवक्ताको कार्यालयको राय लिएर निष्कर्षमा पुग्ने बताए ।

बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारसँग भएका तथ्यहरू र प्रचलित कानुनका आधारमा ट्रङ्क र डेडिकेटेड लाइनसम्बन्धी विवाद छिटो समाधान गर्न मन्त्रालय प्रयासरत रहेको बताए ।

मन्त्री बस्नेतले किस्ताबन्दीमा बक्यौता महसुल भुक्तानी गर्न व्यवसायीलाई समय दिइएकाले महान्यायाधिवक्ताको कार्यालयको समेत कानुनी राय र सल्लाह लिएर सहमतिमै समस्याको समाधान हुने तर्क गरे ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगीहरूले उठाएका विषय जायज र सम्बोधन गर्न सकिने मागमा सहजीकरणको सम्भावना खोज्नुपर्ने बताए ।

छलफलमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणका प्राथमिकता, काम र आगामी कार्ययोजनाबारे बिफ्रिङ गर्दै ट्रङ्क र डेडिकेटेड लाइनका सम्बन्धमा देखिएको अन्यौलता समाधान गरिने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ३ : १८ बजे

प्रभु बैंक र टिस्टुङ्ग रिसोर्टबीच सम्झौता

काठमाडौं– प्रभु बैँकका कर्मचारीहरू तथा ग्राहकलाई टिस्टुङ्ग रिसोर्टको विभिन्न सेवामा

इथियोपियामा पहिरोमा परी एक सय ४६ को मृत्यु

इथियोपिया– दक्षिणी इथियोपियामा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १४६ पुगेको

सुदन किरातीको टिप्पणी- काशी जान मिलेका कांग्रेस-एमाले कुतीको बाटो लागे

काठमाडौं- नेकपा माओ‌वादी केन्द्रका सांसद सुदन किरातीले वर्तमान सरकारले लोकतन्त्रको

पूर्वमन्त्री राय हत्या प्रकरण : अनुसन्धानमा खटियो सीआईबी, फरार तीन जनाको खोजी हुँदै

काठमाडौं- गृहमन्त्री रमेश लेखकले सर्लाही निवासी पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको

साउन महिना सुरु भएसँगै सन्तानेश्वरमा धार्मिक पर्यटकको चहलपहल

राँझा– साउन महिना सुरु भएसँगै  नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक