चिसो बढेपछि जनजीवन कष्टकर « Khabarhub

चिसो बढेपछि जनजीवन कष्टकर


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कैलाली–कञ्चनपुरमा हुस्सु र कुहिरोका कारण निकै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । बिहानदेखि दिउसो १२ बजेको समयसम्म हुस्सु र कुहिरो लाग्ने गरेकाले दुई सातादेखि यहाँको जनजीवन चिसोका कारण प्रभावित भएको हो ।

कुहिरो र हुस्सुकै कारण बजार क्षेत्रका पसल ढिलोगरी खुल्न थालेका छन् । बजार क्षेत्रमा बिहानीको समयमा हुने चहलपहलको कार्यमा समेत कमी आएको छ । हुस्सु र कुहिरोकै कारण सडक क्षेत्रमा ‘भिजिविलिटी’ कम हुँदा सडक दुर्घटना हुने सम्भावना बढ्दै गएको छ ।

विद्यालय जाने बालबालिका, बुढापाका, दीर्घरोगी, मजदुर, गन्तव्यमा जाने यात्रु चिसोबाट बढी प्रभावित भएका छन् । बिहानी कक्षामा पुग्ने विद्यार्थी चिसोका कारण कठ्याङ्ग्रिने समस्या हुन थालेपछि केही विद्यालयले ढिलोगरी कक्षा सञ्चालन गर्न थालेका छन् । विद्यालयमै आगो ताप्ने व्यवस्था गरिएको छ ।

चिसोका कारण बालबालिकामा निमोनिया, रुघाखोकी र वृद्धवृद्धामा श्वासप्रश्वासको समस्या लिएर आउने बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दोरूपमा रहेको दीपनगर आधारभूत स्वास्थ्यचौकीका प्रमुख कृष्णराज जोशीले बताए ।

उनले शीतलहरबाट जोगिनका लागि घर बाहिर निस्कँदा शरीरभरि न्यानो हुनेगरि बाक्लो कपडा लगाउने, जुत्तासँगै बाक्लो मोजा लगाउने, तातोपानी लगायतको तरल पदार्थ बढी खानुपर्ने उनको सुझाव छ । ओढ्ने बिछ्‌याउने न्यानो कपडाको अभाव हुँदा जिल्लाका विभिन्न शिविरमा बस्दै आएका भूमिहीन परिवारले चिसोमै रात कटाउने गरेको दुखेसो गरेका छन् ।

वनहरा शिविरमा बस्दै आएका मानध्वज लुहारले झुपडीका छाना बनाउन राखिएको प्लाष्टिकको त्रिपालभित्रबाट शीतका थोपा चुहिने गरेकाले कपडा भिज्दा कठ्याङ्ग्रिँदो चिसोमै रात कटाउनुपर्ने बाध्यता भएको बताए । सामुदायिक वनबाट दाउरा ल्याउन नसक्दा झुपडीमा रातभरी आगो बालेर न्यानो गर्न नपाइएको उनको भनाइ छ ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ३ : २६ बजे

काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ– सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज

१६ वर्ष पुरानो मुद्दामा राखी सावन्तविरुद्ध गैरजमानती वारेन्ट, पक्राउ गर्न अदालतको आदेश

काठमाडौँ – बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२