मलेसियामा बाढीबाट ८ हजारभन्दा बढी विस्थापित | Khabarhub Khabarhub

मलेसियामा बाढीबाट ८ हजारभन्दा बढी विस्थापित


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर– हालैको बाढीबाट मलेसियामा ८ हजार भन्दा बढी जनता विस्थापित भएका छन् ।

मलेसियामा आज साँझ ६ बजेसम्म बाढीका कारण ८ हजार ५६३ व्यक्ति विस्थापित भएको बताइएको छ । बाढीबाट प्रभावित क्षेत्रहरू मध्ये जोहर राज्य सबैभन्दा बढी प्रभावित भएको छ।

समाज कल्याण विभागका अनुसार जोहर प्रदेशमा ७ हजार १ सय ५३ जना विस्थापित भएका छन् भने पहाङ प्रदेशमा १ हजार ४१० विस्थापित भएका छन् । विस्थापितहरू ७७ वटा राहत केन्द्रमा स्थानान्तरण गरिएका छन् ।

यसै बीच मौसम विभागले उत्तरपूर्वी मनसुनका कारण भारी वर्षाको चेतावनी जारी गरेको छ । यस्तो वर्षा सामान्यतया अक्टोबरदेखि मार्चसम्म रहन्छ ।  उत्तरी राज्यहरू र दक्षिणपूर्वी पूर्वी तटमा कडा हावा चल्ने गर्दछ ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ७ : ४५ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका