मलेसियामा बाढीबाट ८ हजारभन्दा बढी विस्थापित « Khabarhub

मलेसियामा बाढीबाट ८ हजारभन्दा बढी विस्थापित


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर– हालैको बाढीबाट मलेसियामा ८ हजार भन्दा बढी जनता विस्थापित भएका छन् ।

मलेसियामा आज साँझ ६ बजेसम्म बाढीका कारण ८ हजार ५६३ व्यक्ति विस्थापित भएको बताइएको छ । बाढीबाट प्रभावित क्षेत्रहरू मध्ये जोहर राज्य सबैभन्दा बढी प्रभावित भएको छ।

समाज कल्याण विभागका अनुसार जोहर प्रदेशमा ७ हजार १ सय ५३ जना विस्थापित भएका छन् भने पहाङ प्रदेशमा १ हजार ४१० विस्थापित भएका छन् । विस्थापितहरू ७७ वटा राहत केन्द्रमा स्थानान्तरण गरिएका छन् ।

यसै बीच मौसम विभागले उत्तरपूर्वी मनसुनका कारण भारी वर्षाको चेतावनी जारी गरेको छ । यस्तो वर्षा सामान्यतया अक्टोबरदेखि मार्चसम्म रहन्छ ।  उत्तरी राज्यहरू र दक्षिणपूर्वी पूर्वी तटमा कडा हावा चल्ने गर्दछ ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ७ : ४५ बजे

पृथ्वी राजमार्ग भोलि ६ घण्टा बन्द हुने

काठमाडौं- त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि धादिङको गलौँदी क्षेत्रमा पृथ्वी

एल निनोका कारण समुद्री तापक्रममा नयाँ रेकर्ड, सन् २०२७ मा विश्वव्यापी तापक्रम बढ्ने चेतावनी

पेरिस- शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रको समुद्री

आर्थिक कूटनीतिमार्फत लगानी र प्रविधि भित्र्याउने पाण्डेको प्रतिबद्धता

काठमाडौं– भारतका लागि प्रस्तावित राजदूत डा. निश्‍चल नाथ पाण्डेले नेपालमा

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका