एसपी विश्वराज खड्कासहित तीन प्रहरीमाथि विभागीय कारवाहीको सिफारिस « Khabarhub

एसपी विश्वराज खड्कासहित तीन प्रहरीमाथि विभागीय कारवाहीको सिफारिस

आरती साहको पोष्टमार्टममा तीनजना चिकित्सकले लापरवाही गरेको ठहर


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले नेपाल प्रहरीका एसपी विश्वराज खड्कासहित तीनजना प्रहरी अधिकारीमाथि विभागीय कारवाही गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।

विभागीय कारवाहीका लागि सिफारिस गरिएका प्रहरी अधिकारीहरुमा एसपी खड्कासहित नेपाल प्रहरीका डीएसपी वेदप्रसाद गौतम र इन्स्पेक्टर दिनेश अधिकारी छन् ।

तीनैजना प्रहरी अधिकारीले धनुषा जिल्ला प्रहरी कार्यालयमा आरती साहको हत्या सम्बन्धी घटनाको जाहेरी लिन नमानेको र अनुसन्धानमा लापरवाही गरेको मानवअधिकार आयोगको ठहर छ ।

आयोगले आइतबार सरकारलाई बुझाएको ६ पृष्ठ लामो प्रतिवेदनमा उनीहरुमाथि विभागीय कारवाही गर्न सिफारिस गरिएको हो ।

त्यसैगरी मृतक आरती साहको पोष्टमार्टम कार्यमा संलग्न चिकित्सकहरुले पनि लापरवाही गरेको आयोगको ठहर छ । साहको पोष्टमार्टम कार्यमा संलग्न चिकित्सकहरु डा. अवधेशकान्त झा, डा. दिग्विजय ठाकुर र डा. दीपेन्द्रकुमार सिंहले समेत लापरवाहीजन्य कार्य गरेको आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ ।

मानवअधिकार आयोगले तीनजना प्रहरी अधिकारीलाई विभागीय कारवाही गर्न सरकारलाई सिफारिस गरेको छ भने चिकित्सकको हकमा मेडिकल काउन्सिलले सचेत गराउँदै अन्तिम चेतावनी दिइसकेको हुनाले आगामी दिनमा लापरवाहीजन्य कार्य नगर्न र सही दस्तावेजीकरण गर्न गराउन निर्देशन दिन सरकारलाई भनेको छ ।

विस्तृत समाचार यहाँ पढ्नुहोस्

आरती साहको पक्षमा प्रदर्शन गर्ने अभियन्ता पक्राउ

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ९ : १२ बजे

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न