बाँसको सिन्का उत्पादन गर्दै काठेखोला « Khabarhub

बाँसको सिन्का उत्पादन गर्दै काठेखोला


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

बागलुङ– काठेखोला गाउँपालिकाले यस वर्षदेखि प्राङ्गारिक मल, चिया र बाँसको सिन्का उत्पादन गर्ने भएको छ । दुई वर्षदेखि काठेखोला –७ स्थित रेशमा औद्योगिक ग्राम निर्माण थालेको गाउँपालिकाले हालसम्म दुई टहरा निर्माण सम्पन्न भइसकेको र उपकरण जडान गरेर उत्पादनमा लाग्ने भएको हो ।

सङ्घीय सरकारको तीन करोड लागतमा निर्माण हुन लागेको औद्योगिक ग्रामसम्म सडक र विद्युत् पुर्‍याइ सकेको हुँदा बनेका संरचनामा उद्योग सञ्चालन गर्ने काठेखोला –७ का अध्यक्ष प्रेम लामिछानेले जानकारी दिए ।

उनले गाउँपालिकाले आर्थिक वर्ष २०७८–०७९ देखि नै उद्योग निर्माण सुरु गरेको बताए । सङ्घीय सरकारले तीन करोड मात्रै औद्योगिक ग्राममा लगानी गर्ने भए पनि काठेखोलाले ५० करोडको विस्तृत योजना प्रतिवेदन (डिपीआर) गराएका काम अगाडि बढाएको उनको भनाइ छ ।

निर्माण भएका संरचनालाई प्रयोग गरी उत्पादनसँग जोडिँदै जाने र नयाँ संरचना पनि थप्दै जाने योजना रहेको अध्यक्ष लामिछानेले बताए । गाउँमा उत्पादन हुने कृषिउपज वस्तुको बजारीकरण, व्यापार व्यवसायको प्रवर्द्धनका लागि औद्योगिक ग्रामले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

गाउँपालिकाका इन्जिनियर विनोद लामिछानेले सङ्घीय सरकारबाट आउनुपर्ने तीन करोडमध्ये आव २०७७–०७८ मा पहिलो किस्तामा ९२ लाख, २०७९–०८० मा ८० लाख आएको र चालु आवमा पनि ८० लाख आउने बताए ।

यस वर्ष गण्डकी प्रदेश सरकारबाट पनि २० लाख विनियोजन भएको जनाउँदै कार्यान्वयनको चरणमा रहेको उनको भनाइ छ । औद्योगिक ग्रामसम्म जाने सडक स्तरोन्नति भएको जनाउँदै सीमित उद्योग सञ्चालनका लागि संरचना उपयोगी रहेको इन्जिनियर लामिछानेले बताए ।

काठेखोला गाउँपालिकाका प्रवक्ता टीकासङ्गम विकले औद्योगिक ग्रामले स्थानीयलाई स्वरोजगार बनाउनुका साथै उत्पादनलाई बजारीकरण गर्नका लागि टेवा पुग्ने बताए ।

औद्योगिक ग्राम निर्माणपश्चात् यहाँ साना, मझौला र ठूला सबै उद्योग यहाँ सञ्चालन हुने जनाउँदै उद्योग गर्न चाहने स्थानीयले यस ठाउँ गाउँपालिकाले उपलब्ध गराउने उनको भनाइ छ । उनले गाउँपालिकामा रहेका युवा शक्तिलाई उद्योगधन्दा, व्यापार व्यवसाय गर्न प्रेरितसमेत गर्ने बताए ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ७ : ३५ बजे

बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित

ढाका– बङ्गलादेशको सर्वोच्च अदालतले राष्ट्रिय निर्वाचनमा निष्पक्षता र पारदर्शिता सुनिश्चित

चितवनका दीपक बोहोरा भए स्टम्पिङको शिकार, लुम्बिनीले लियो दोस्रो विकेट

काठमाडौं- एनपीएलमा आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच खेल हुँदैछ

पाकिस्तान र इराकको जेलबाट ५६० अफगानी कैदी जेलमुक्त

एजेन्सी– गत हप्ता मात्र पाकिस्तान र इराकका जेलमा बन्दी बनाइएका

दोस्रो बलमै लुम्बिनीले लियो चितवनको पहिलो विकेट

काठमाडौं- एनपीएलमा आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच खेल हुँदैछ

सरकारविरूद्ध पोल लिएर राष्ट्रपतिकहाँ जेन-जीको समूह, सुशीला कार्की असफल भएको जिकिर 

काठमाडौं– जेन-जी समूहका २३ संगठनले राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउँदै