दीपेन्द्रसिंह ऐरीले यूएईको इन्टरनेशल लिग टी–२० खेल्ने | Khabarhub Khabarhub

दीपेन्द्रसिंह ऐरीले यूएईको इन्टरनेशल लिग टी–२० खेल्ने


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले इन्टरनेशल लिग टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

यूएई क्रिकेट बोर्डको आधिकारीक उक्त लिग दीपेन्द्रले गल्फ जायन्ट्सबाट खेल्ने छन् ।

दीपेन्द्र आज साँझ युएईतर्फ जानेछन् । युएईमा जारी प्रतियोगितामा गल्फ जायन्यट्स ८ खेलमा समान ४ मा जित र हारका साथ तेस्रो स्थानमा छ । दीपेन्द्र सम्मिलित गल्फ जायन्ट्समा कार्लोस ब्रेथवेट, आयन खान, शिम्रन हेटमायर, क्रिस लिन र जेम्श भिन्स जस्ता खेलाडी छन् ।

दीपेन्द्र ६ महिनाअघि क्रिस लिनकै कप्तानीमा ग्लोबल टी–२० क्यानडा मोन्टरिएल टाइगर्सबाट खेल्दै टिमलाई च्याम्पियन बनाएका थिए ।

गल्फ जायन्ट्सले आज एमआई इमिरेट्ससँग खेल्नेछ । आजको खेल भने उनले गुमाउनेछन् । क्यानडासँगको तीन खेलको सिरिजमा नेपालले दीपेन्द्रलाई विश्राम दिएको छ । त्यसैको कारण उनी यूएई जान पाउनेछन् ।

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज नेपालले घरेलु मैदान टियुमा नेदरल्यान्ड्स र नामिबियासँग खेल्दैछ । दीपेन्द्र लिग २ का लागि भने नेपाली टोलीमा उपलब्ध हुनेछन् ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ३ : ०६ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका