दीपेन्द्रसिंह ऐरीले यूएईको इन्टरनेशल लिग टी–२० खेल्ने « Khabarhub

दीपेन्द्रसिंह ऐरीले यूएईको इन्टरनेशल लिग टी–२० खेल्ने


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले इन्टरनेशल लिग टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

यूएई क्रिकेट बोर्डको आधिकारीक उक्त लिग दीपेन्द्रले गल्फ जायन्ट्सबाट खेल्ने छन् ।

दीपेन्द्र आज साँझ युएईतर्फ जानेछन् । युएईमा जारी प्रतियोगितामा गल्फ जायन्यट्स ८ खेलमा समान ४ मा जित र हारका साथ तेस्रो स्थानमा छ । दीपेन्द्र सम्मिलित गल्फ जायन्ट्समा कार्लोस ब्रेथवेट, आयन खान, शिम्रन हेटमायर, क्रिस लिन र जेम्श भिन्स जस्ता खेलाडी छन् ।

दीपेन्द्र ६ महिनाअघि क्रिस लिनकै कप्तानीमा ग्लोबल टी–२० क्यानडा मोन्टरिएल टाइगर्सबाट खेल्दै टिमलाई च्याम्पियन बनाएका थिए ।

गल्फ जायन्ट्सले आज एमआई इमिरेट्ससँग खेल्नेछ । आजको खेल भने उनले गुमाउनेछन् । क्यानडासँगको तीन खेलको सिरिजमा नेपालले दीपेन्द्रलाई विश्राम दिएको छ । त्यसैको कारण उनी यूएई जान पाउनेछन् ।

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज नेपालले घरेलु मैदान टियुमा नेदरल्यान्ड्स र नामिबियासँग खेल्दैछ । दीपेन्द्र लिग २ का लागि भने नेपाली टोलीमा उपलब्ध हुनेछन् ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ३ : ०६ बजे

ओलीको चेतावनी : संविधानमाथि गम्भीर संकट, स्वेच्छाचारिताको बुटले संवैधानिक संरचना कुल्चिन खोजिँदैछ 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान

नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा

जनकपुरधाम– धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नाप नक्सा सम्पन्न

भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

वीरगञ्ज– नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न

बाँदरले दुःख दिएपछि ‘तरुल’ खेती

भोजपुर– जिल्लाको ग्रामीण भेगमा बाँदरको सास्ती बढेपछि किसानहरूले त्यसको विकल्पका

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डसँग चेल्सी स्तब्ध

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीमाथि ब्रेन्टफोडले सानदार जित निकालेको