बालेन्द्रले शान्तिबाटिकामा अशान्ति फैलाएको गुनासो   « Khabarhub

बालेन्द्रले शान्तिबाटिकामा अशान्ति फैलाएको गुनासो  


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रानीपोखरी नजिकै शान्तिबाटिकामा धर्नामा बसेकाहरूलाई काठमाडौं महानगरपालिकाले हटाएको छ । धर्नाबाट हटाइएकाहरुले शान्तिवाटिकामा मेयर बालेन्द्र शाहले अशान्ति फैलाएको आरोप लगाएका छन् ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै मेयर शाहले अन्यायमा परेकामाथि ज्यादती गरेको आरोप लगाएका हुन् ।

शान्तिवाटिकामा धर्नामा बसेका पीडितहरूलाई महानगरले रानीपोखरी आसपास फोहोर गरेको भन्दै मंगलबार त्यहाँबाट धपाएको थियो ।

मिटरब्याज पीडितका साथै दाइजोका नाममा हत्या गरिएकी आरती साहको परिवार पनि माइतीघरबाट लखेटिएर शान्तिबाटिकाकै धर्ना बसिरहेका थिए । आरतीका दाजु प्रेम साहले बालेन साह हिटलर भएको आरोप लगाए । उनले प्रश्न गरे, ‘तपाई गरिब जनताको मेयर हो कि धनीको मात्रै हो ?’

उनले गरिबका लागि बोलिदिने कोही नभएको बताए । धर्ना बस्दै आएका साहले प्रश्न गरे, ‘लोकतन्त्र भनेको यही हो ? तानाशाह शासक बस्ने राज्यमा कसरी लोकतन्त्र हुन्छ ? प्रधानमन्त्री, गृहमन्त्री धर्ना बस्न हुने, नागरिकले बस्न नहुने ?’

त्यस्तै मिटरब्याज पीडित संघर्ष समितिकी अध्यक्ष मुना के.सी.ले नगर प्रहरीले पूर्वसूचना नदिई आएर भाँडा र लुगा फ्याँकिदिएको बताइन् ।

विभिन्न घटनाका पीडित महिला तथा बालबालिकालाई अमानवीय ढङ्गले शान्तिवाटिकाबाट निकालेको मुनाले बताइन् । उनले आक्रोशित हुँदै भनिन्, ‘डोजरले उठाएर हामीलाई कतै लगेर फालिदिनुस् ।’ 

मेयर बालेनलाई आफूहरूले राम्रो मेयर मानेको तर उनैले अन्याय गरेको भन्दै उनले प्रश्न गरिन्, ‘यो अन्याय गृहमन्त्रीले देखेको छ कि छैन ?’

मिटरब्याज पीडित ४ सय १० दिनदेखि धर्नामा छन् ।

सुरुमा सबै पीडितहरू माइतीघर मण्डलामा धर्ना बस्दै आएका थिए । तर, सरकारले माइतीघरलाई अनिश्चित कालका लागि निषेधित क्षेत्र घोषणा गरेको छ । शान्तिबाटिबाट पनि महानगरले लखेटेपछि अब पीडितहरू कहाँ धर्ना बस्ने भनेर अलमलमा परेका छन् । 

पीडित भन्छन्, ‘खुल्लामञ्चमा बसौँ भने ताला लगाइएको छ, त्यहाँ फुटबल ग्राउण्ड बनाउने मेयर बालेन्द्रको तयारी छ रे, अब पीडितहरूले कहाँ बसेर सरकारसँग माग राख्ने ?’    

 

तस्विर : चिरायु शाक्य

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ६ : १४ बजे

प्रधानमन्त्रीलाई मिराजले भने : जेन-जी आन्दोलनको बेइज्जत भयो, राजीनामा दिनूस्

काठमाडौं- एकजना जेन–जी अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको

माओवादी कार्यालयमा जनार्दनले फहराए प्रगतिशीलको झण्डा

काठमाडौं- गृहजिल्ला रुकुम पश्चिममा नयाँ राजनीतिक समीकरणसँगै नेता जनार्दन शर्माले

बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो

धरान– बेमौसमी वर्षाका कारण यस वर्ष जिल्लामा धान उत्पादन घटेको छ

सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छ : मन्त्री गौतम

चितवन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले सरकारले एसइई

निर्धारित समयमा निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले सबै दलहरूको सहमति र आम नागरिकको