बाँसबारी प्रकरण : चाँदबागका अध्यक्षलाई मालपोतको २१ दिने म्याद (पत्रसहित) | Khabarhub Khabarhub

बाँसबारी प्रकरण : चाँदबागका अध्यक्षलाई मालपोतको २१ दिने म्याद (पत्रसहित)


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


627
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । बाँसबारी छाला जुत्ता प्रकरणमा चौधरी ग्रुपमाथि मालपोत कार्यालयले पनि कारबाहीको प्रक्रिया सुरू गरेको छ ।

डिल्लीबजार मालपोत कार्यालयले बिहीबार चाँदवाग रेसिडेन्सी प्रालि (च्याम्पियन फुटवेयर प्रालि) को नाममा पत्र काट्दै सञ्चालक सञ्जय ठाकुरलाई २१ दिन भित्र उपस्थित हुन निर्देशन दिएको हाे । उक्त समय अवधि भित्र उपस्थीत नभए कानुन बमोजिम कारबाही गर्ने मालपोत कार्यलयले जनाएको छ ।

‘च्याम्पियन फुटवेयर प्रालिका नाममा दर्ता कायम रहेको काठमाडौं नगर३ सिट नं १०२०९४७–१६ किनं.५८ क्षे.फ. ०४६०७.२० ब.मी. ऐ.ऐ. नाममा दर्ता नगर(३ सिट नं ९४७–२१ क.नं. १६ क्षे.फ.००४८७.०० ब.मी. जग्गा नेपाल सरकारका नाममा श्रेष्ता अद्यावधिक गरी ल्याउन २०८०/१०/२४ को आदेश बमोजिम त्यस प्रालिका नाममा यो पत्र लेख्ने कार्य भएको छ। पत्र प्राप्त भएको मितिले बाटोको म्याद बाहेक २१ दिनभित्र आफैं वा वारेस मुकरर गरी कार्यालय समय भित्र उपस्थित हुनु होला अन्यथा कानुन बमोजिम भई जाने ब्यहोरा जानकारी गराइन्छ ’ मालपोत अधिकृत बोगराज शर्मा कट्टेलको हस्ताक्षर रहेको पत्रमा उल्लेख गरिएको छ ।

जग्गा हिनामिना प्रकरणमा यसअघि नै चाँदबागका अध्यक्ष अरुण चौधरी, चाँदबागका ठाकुर र बाँसबारी छाला जुत्ता कम्पनीका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापा जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका थिए । उनीहरु बुधबारै हाजिरी जमानीमा छुटेका छन् ।

याे पनि…

चौरासी नजिकका अजित : चौधरीले फसाए कि आफैं ?

बाँसबारीको जग्गा : भगवानले खोलेको भित्री रहस्य

बाँसबारी छालाजुत्ता कारखानामा जग्गा प्रकरणमा फाइदा लिन कम्पनी खडा गरिएको खुलासा

 

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ९ : ५९ बजे

पोखरामा डेङ्गी रोकथामका लागि यस्तो छ तयारी

गण्डकी– इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ७३ जिल्लामा डेङ्गी

प्रमुख पदमा नेतृत्व गर्न सक्षम बन्दै महिला जनप्रतिनिधि

तानसेन– यहाँका महिला जनप्रतिनिधिले प्रमुख पदमा नेतृत्व लिन आफूहरू सक्षम

तुलसीको पात, जरा, डाँट र बीउ सबै औषधि

आज हरिशयनी एकादशी अर्थात् तुलसी रोप्ने दिन । हिन्दु धर्मावलम्बीहरूले

मानिससँग बस्ने जनावर व्यवस्थापन गरौँ

यस वर्ष जुलाई ६ मा (आज) विश्व जुनोसिस (पशुजन्य रोग)

चन्द्र भण्डारीले भने, ‘सरकार घाँस नकाट्ने गोठालो जस्तै भयो, कांग्रेसलाई ०८४ मा गाह्रो हुन्छ’

काठमाडौं— नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टी संगठन, सरकार