एक प्रतिशत बच्चामा जन्मजात मुटु रोग « Khabarhub

एक प्रतिशत बच्चामा जन्मजात मुटु रोग


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । जन्मजात एक प्रतिशत बच्चलाई मुटुको रोग लाग्ने गरेको पाइएको छ । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले जन्मजात मुटु रोग सचेतना सप्ताह कार्यक्रमको बारेमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रका वरिष्ठ बाल मुटु रोग विशेषज्ञ डा उर्मिला शाक्यले हजार जना जीवित जन्मिने बच्चामध्ये आठदेखि १० जनालाई मुटु रोग लागेको पाइएको बताए ।

डा शाक्यले गर्भमा हुँदै मुटुभित्रको विभिन्न भाग तथा मुटुबाहिरको धमनीको बनावटमा गडबढी भएर जन्मिदै बच्चालाई मुटुको रोग लाग्ने गरेको बताए । जन्मजात मुटुको बिरामीमा मुटुको पर्दामा प्वाल पर्ने, मुटुका मुख्य धमनी साँघुरिने तथा भल्भ आंशिक वा पूर्णरुपमा बन्द हुने, मुख्य धमनी उल्टोपाल्टो भएर निस्कने, मुटुको दायाँ वा वाँया भाग अविकसित हुने गर्दछ ।

असाधारण स्वास्थ्य अवस्था रहेका बालबालिकाको मुटु रोगको कारणले धेरै मुत्यु हुने गरेको उनले बताए । शिशु गर्भमा रहेको बेला गर्भवतीले उचित खानपिन र पौष्टिक आहारमा ध्यान दिने, चुरोट सेवनलाई रोक्नुपर्दछ ।

उनका अनुसार मुटुको पर्दामा सानो प्वालदेखि लिएर धेरै जटिल विकृति हुन सक्त । करिब दुई तिहाईमा लक्षण जन्मेको एक महिनाभित्र देखापर्ने र एक तिहाई शिशुको समयमा नै उपचार नभएमा जन्मेको केही दिनभित्रमा मृत्यु हुने उनले बताए ।

डा शाक्यले १० प्रतिशत मात्र मुटु रोगमा कारण पत्ता लाग्ने उनले बताए । जन्मिदै मुटु रोग हुने बच्चामा उमेरअनुसार तौल नबढ्ने, कमजोर भइरहने, छातीको बायाँ भागमाथि उठ्ने, छाती दुख्ने, बेहोस हुने, जीउ सुन्निने जस्ता समस्या देखिने गर्दछ ।

बच्चा नीलो हुने

जन्मजात मुटुमा समस्या भएका बच्चा नीलो हुने र निलो नहुने गर्दछन् । निलो भएर जन्मिने बच्चा जटिल प्रकार प्रकृतिको हुने केन्द्रका बाल मुटुरोग सर्जन डा रविन्द्रभक्त तिमलाले जानकारी दिए ।

जन्मिदै नीलो भएर जन्मिने वा जन्मेको केही समयपछि निलो भएर आउने बच्चामा मुटु रोगको समस्या हुने गरेको उनले बताए। रुने बेलामा वा बल प्रयोग गर्दा निलोपना झन बढ्ने, सास छिटोछिटो फेर्ने, बेहोस हुने, हिँड्दा छिटो थाकेर थचक्क बस्ने जस्ता पनि मुटु रोगका समस्या हुन् ।

यसैगरी मुटुको चाल अति छिटो हुने, सास फेर्न गाह्रो हुने वा छिटोछिटो सास फेर्ने, राम्रोसँग दूध चुस्न नसक्ने वा दूध चुस्ने समयमा निधारमा धेरै पसिना आउने, सुतिरहँदा पनि पसिना आइरहने, धेरै छटपटाइरहने, रुँदा केही नीलो देखिने, छिटोछिटो कडा निमोनिया भइरहने, दैनिक क्रियाकलाप समस्या देखापर्नु पनि मुटुको समस्या हो ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  १० : २७ बजे

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण

नोरा फतेही मुम्बई दुर्घटनापछि पनि स्टेजमा चम्किइन्

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही शनिबार मुम्बईमा सानो कार दुर्घटनामा

ओडारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य

म्याग्दी– रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीमा आश्रयस्थल निर्माण भएपछि