आजका समाचार : पशुपतिमा शिवरात्रीकाे रौनकदेखि पुटिनको प्रशंसासम्म | Khabarhub Khabarhub

आजका समाचार : पशुपतिमा शिवरात्रीकाे रौनकदेखि पुटिनको प्रशंसासम्म


२५ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

दिन भर आजमा पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो, राष्ट्रपति पौडेलले गरे पशुपतिनाथकाे पूजाअर्चना, एमाले सचिवालय बैठक : नयाँसत्ता समीकरणले राजनीतिक स्थायित्व र जनतामा आशा जगाउने, टुँडिखेलमा सेनाको २६१ औं दिवस मनाइयाे, अन्तर्राष्ट्रिय महिला दिवस मनाइयाेलगायतका समाचारले प्रमुख स्थान पाए।

पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो

आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ ।

यसैक्रममा आज आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गए रातिदेखि नै पशुपतिमा भीड लागेको छ । बिहान २ बजेदेखि अहिलेसम्म पशुपतिनाथमा करिब एक लाखभन्दा बढी भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवणीरमण अधिकारीले जानकारी दिए ।

राष्ट्रपति पौडेलले गरे पशुपतिनाथकाे पूजाअर्चना

महाशिवरात्रिका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आराध्यदेव पशुपतिनाथको पूजाअर्चना गरेका छन् । उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन, फूलप्रसाद प्रदान गरेका थिए ।

त्यसअघि राष्ट्रपति पौडेललाई पशुपतिनाथ मन्दिर परिसरमा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दीपक काफ्ले, कोषका सदस्यसचिव राजुकुमार खत्री, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, परिषद्का सदस्यहरू, स्थानीय निकायका प्रमुख तथा प्रतिनिधि, गुठी संस्थानका उच्चपदस्थ अधिकारीलगायत कर्मचारीले स्वागत गस्वागत गरेका थिए ।

एमाले सचिवालय बैठक : नयाँसत्ता समीकरणले राजनीतिक स्थायित्व र जनतामा आशा जगाउने

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सत्ता समीकरणमा आएको परिवर्तनलाई सकारात्मक रूपमा लिएको छ ।

नेकपा एमालेको शुक्रबारको सचिवालय बैठकले पछिल्लो सत्ता समीकरणबाट राजनीतिक स्थायित्व कायम राख्न र जनतामा आशा जगाउन फलदायी हुने निष्कर्ष निकालेको हो ।

केही समय होमवर्कमा छौँ : गृहमन्त्री लामिछाने

गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरू कामका लागि ‘चेक लिस्ट’ बोकेर आएको बताएका छन् । आज सामाजिक सञ्जाल मार्फत लामिछानेले केही समय होमवर्कमा रहेको बताए ।

उनले लेखेका छन, ‘चेक लिस्ट’ सहित आएका छौँ । ‘कम्प्रोमाइज’ हुन्न । केही समय ‘होम वर्क’ मा रहनेछौं,’ जय शम्भो.. जय नेपाली सेना …जय नारी.. । शिव रात्री, नेपाली सेना दिवस तथा नारी दिवसको धेरै शुभकामना ।

संविधानको रक्षा गर्न गठबन्धन परिवर्तन भयाे : पम्फा भुसाल

नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले अहिलेको व्यवस्था, संविधान र राष्ट्रका लागि गठबन्धन परिवर्तनको निर्णय भएको बताएकी छन् ।

अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भुसालले प्रधानमन्त्रीले पदका लागि नभई व्यवस्था र संविधानको रक्षाका साथै राष्ट्रको पक्षमा लागि गठबन्धन परिवर्तनको निर्णय लिएको बताएकी हुन् ।

टुँडिखेलमा सेनाको २६१ औं दिवस मनाइयाे

टुँडिखेलमा २६१ औं सेना दिवस मनाइएको छ । शिवरात्रिको दिनमा पर्ने सेना दिवस आज टुँडिखेलमा मनाइएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेल सेना दिवसका अवसरमा आयोजित विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन् ।

तल्लो सेतीको अनुसन्धानात्मक अडिट सुरुङका लागि सम्झौता

तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको एक सय २६ मेगावाटको तल्लो सेती आयोजनाअन्तर्गत अडिट सुरुङका लागि सम्झौता भएको छ ।

तल्लो सेती जलविद्युत् आयोजनाको तीन सय ७५ मिटर लामो अनुसन्धानात्मक अडिट सुरुङ निर्माणका लागि बिहीबार निर्माण व्यवसायी आरके इन्जिनियरिङ एण्ड एशोसिएटस्सँग खरिदसम्बन्धी सम्झौता भएको हो ।

भक्तपुरको भाज्या पोखरी पुनर्निर्माण सम्पन्न

१२औं शताब्दीमा बनेको भक्तपुरको भाज्या पोखरीको पुनर्निर्माण सम्पन्न भएको छ । लोप हुने अवस्थामा रहेको पोखरीलाई भक्तपुर नगरपालिकाले पुनर्निर्माण गरेको हो ।

भक्तपुर नगरपालिका वडा नम्बर–१ दुधपाटीस्थित भक्तपुर क्याम्पससंगै जोडिएको भाज्या पुखु (भाज्या पोखरी) को पुनर्निर्माण सम्पन्न भएपछि शुक्रबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ उद्घाटन गरे ।

तराईबाट २० हजार लिटर दूध खरिद गरिँदै

हेटौँडा दुग्ध वितरण आयोजनाले तराईका जिल्लाबाट अहिले दैनिक करिब २० हजार लिटर दूध सङ्कलन गर्ने गरेको छ ।

सङ्कलित दूधमध्ये विराटनगरमा धुलो दूध उत्पादनका लागि दैनिक १२ हजार लिटर र हेटौँडा दूध विकास बोर्डलाई छ हजार लिटर गरी कूल १६ हजार लिटर दूध पठाउने गरेको आयोजनाले जनाएको छ ।

लोकसेवा आयोगले समयानुकूल जनशक्ति व्यवस्थापनमा सुधार गर्ने

लोकसेवा आयोगले विद्यमान भर्ना छनोट, परीक्षण प्रविधि, पाठ्यक्रम र परीक्षा सञ्चालनसम्बन्धी जनशक्ति व्यवस्थापनमा समयानुकूल सुधार गर्ने भएको छ । आयोगप्रति विश्वास कायम राख्न निष्पक्ष र स्वच्छरुपमा योग्यताको आधारमा भर्ना तथा छनोट हुने सिद्धान्तलाई पूर्णरुपले पालना गर्ने आयोगले जनाएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा बुधबारदेखि सुरु भएको लोकसेवा आयोगको चौथो राष्ट्रिय सम्मेलनले जारी गरेको घोषणापत्रमा सो कुरा उल्लेख छ ।

लोकसेवा आयोगका सदस्य वीरबहादुर राईले सङ्घीय शासन प्रणालीको संस्थागत विकास र सुशासनमा योगदान पुर्‍याउन उपयुक्त उम्मेदवार समयमै छनोट र सिफारिसको सुनिश्चिता गर्ने र लोकसेवा आयोगबाट स्थापित सिद्धान्त, मूल्य, मान्यता, कार्यप्रणाली र असल अभ्यासलाई निरन्तर अवलम्बन गर्ने घोषणापत्रमा उल्लेख गरिएको जानकारी दिए।

अन्तर्राष्ट्रिय

बन्दुकधारीहरूद्वारा नाइजेरियाली विद्यालयबाट २८० बढी विद्यार्थीे अपहरण

मुलुकको सबैभन्दा ठूलो सामूहिक अपहरणमध्येको एकका रूपमा बन्दुकधारीहरूले उत्तरपश्चिमी नाइजेरियाको एक विद्यालयमा छापा मारी दुई सय ८० भन्दा बढी विद्यार्थीलाई अपहरण गरेको एक शिक्षक र स्थानीय बासिन्दाले बताएका छन् ।

अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियामा फिरौतीका लागि अपहरण सामान्य हो । यहाँ आपराधिक गिरोहहरूले विगतमा विशेषगरी उत्तरपश्चिममा विद्यालय र कलेजलाई निशाना बनाएका छन् । यद्यपि हालै यस्तो आक्रमण कम भएको छ ।

कम उमेरमा विवाह गर्छन् इजरायली मुस्लिम महिला

इजरायली मुस्लिम महिलाले औसतमा सबैभन्दा कम उमेरमै विवाह गर्ने गरेका इजरायली केन्द्रीय तथ्याङ्क विभागद्वारा हालै सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

सन् २०२४ मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा यो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

पुटिनले गरे युक्रेनमा लडिरहेका महिला सैनिकको प्रशंसा

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै भिडियो सन्देशमा युक्रेनमा लड्ने महिला सैनिक र आफ्नो मुलुकका सशस्त्र बललाई समर्थन गर्नेहरूको प्रशंसा गरेका छन् ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा उनले ५२ महिला कैदीलाई रिहा गर्ने आदेशसमेत जारी गरे । उनीहरूको आफन्त सेनामा थिए । बिदा मनाउका लागि सम्बोधन गर्दै पुटिनले विशेष सैन्य अभियानको क्षेत्रमा रहेका महिलाहरूलाई विशेष धन्यवाद दिए । रुसले युक्रेनविरुद्धको आफ्नो पूर्ण स्तरका आक्रमणलाई ‘विशेष सैन्य अभियान’ भन्ने गरेको छ ।

खेलकुद…

छैटौँ झापा गोल्ड कपको फाइनलमा एपीएफ क्लब

एपीएफ क्लब छैटौँ झापा गोल्ड कपको फाइनलमा पुगेको छ ।

बिर्तामोडको डोमालाल राजवंशी मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा एपीएफ त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

 

 

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ७ : ५७ बजे

तेस्रो युएसएड यात्रा कोहलपुरमा

बाँके – नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी

राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमालेको सरकार : शङ्कर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले

अभिनयमा फर्किंदै तीन अभिनेत्री

काठमाडौं – केही समय नेपाली चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरू पुनः

बागलुङमा पहिलो पटक भेटियो कालाजार

बागलुङ – बागलुङमा पहिरोपटक कालाजारको संक्रमण पुष्टी भएको छ ।

आइओएफद्वारा ४० प्यालेस्टिनीको हत्या

गाजा – इजरायली कब्जाकारी सेना (आइओएफ)ले गाजा पट्टीमा सन् २०२३