सुदूरपश्चिमको मन्त्रिपरिषद् विस्तार, तीन मन्त्री थपिए | Khabarhub Khabarhub

सुदूरपश्चिमको मन्त्रिपरिषद् विस्तार, तीन मन्त्री थपिए


२५ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन गरिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा, १६८ को उपधारा ९ बमोजिम मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

मुख्यमन्त्री शाहले हाल सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय आफू मातहत राखेका छन्, भने प्रकाशबहादुर देउवाले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा पाएका छन् ।

साथै शिवराज भट्टले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, घनश्याम चौधरीले आर्थिक मामिला मन्त्रालय, र रामेश्वर चौधरीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् । साथै, खुशीराम चौधरी विनाविभागीय र इन्दिरा गिरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको राज्यमन्त्री भएका छन्।

प्रदेश प्रमुखको कार्यालय धनगढीमा प्रदेश प्रमुख जोशीले नवनियुक्त आर्थिक मामिलामन्त्री घनश्याम चौधरी, विनाविभागीयमन्त्री खुशीराम चौधरी र भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री इन्दिरा गिरीलाई लाई पद तथा गोपनीयताको शपथ गराए ।

नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री शाहले सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने थप सदस्यलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयमा पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्रीले आफ्नो नेतृत्वको सरकारलाई बहुमत सिद्ध गर्न प्रदेशसभामा रहेका सबै दलसँग संवाद छलफल गरिरहेको बताए ।

कूल ५३ सदस्यीय प्रदेशमा नेपाली कांग्रेसका १८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सभामुखसहित ११, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का १०, नागरिक उन्मुक्तिका सात, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का चार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक र एक स्वतन्त्र सदस्य छन् ।

नेपाली कांग्रेसबाट बझाङ जिल्ला प्रदेशसभामा निर्वाचित पृथ्वीबबहादुर सिंहको केही महिनाअघि गाडी दुर्घटनामा निधन भएपछि प्रदेशसभाको एक स्थान रिक्त छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  १० : २५ बजे

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज

सन्दीपले एकै ओभरमा लिए स्कटल्याण्डको दुई विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालका

सामुदायिक रेडियोलाई सरकारले सिध्याउन खोज्यो : अकोराव

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का

जी ७ को सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी क्यानाडामा

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र जी ७ को सम्मेलनमा सहभागी हुन

पत्रकार पाठकलाई प्रहरीले भन्यो- साइबर ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा यथाशिघ्र उपस्थित हुनू

काठमाडौं- पत्रकार दिलभूषण पाठकलाई नेपाल प्रहरीले उपस्थित हुन आग्रह गरेको