मिथिलामा सोमवती अमावस्या मनाइँदै | Khabarhub Khabarhub

मिथिलामा सोमवती अमावस्या मनाइँदै


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मिथिलाक्षेत्रमा आज सोमवती अमावस्या (औँसी) पर्व मनाइँदैछ । महोत्तरीसहितका मिथिलाक्षेत्रमा आज बिहान प्रथम प्रहरदेखि नै धार्मिक महत्वका नदी, तलाउ तथा सरोवरमा पवित्र स्नान गर्नेको घुइँचो छ ।

महोत्तरीको सदरमुकाम जलेश्वरस्थित पुरन्दर, वरुण र भार्गव (भृगु) सर (सरोवर, पोखरी) मा सोमवती अमावस्या (औँसी) स्नान गर्ने श्रद्धालु खचाखच छन् ।

यसैगरी, मटिहानी–७ स्थित लक्ष्मीसागर र जिल्लाका तीर्थस्थलहरु ध्रुवकुण्ड, कञ्चनवन, टुटेश्वरधाम नजिकका जलाशय र रातु नदी तटमा स्नान गरेर श्रद्धालु पीपल वृक्षमा पूजाआराधना गर्दैछन् ।

मिथिलामा सोमवती अमावस्याका दिन गरिने स्नान, दान एवं श्राद्ध अक्षयफल दिने पुण्यदायक मानिन्छ । सोमबार औँसी परेका दिन बिहान सखारै कसैसँग बोलचाल नगरी पवित्र जलाशयमा स्नान गर्ने परम्परा रहेको बर्दिबास–२ का बासिन्दा मैथिल कर्मकाण्डका ज्ञाता पण्डित महेशकुमार झाले बताए ।

सोमवती अमावस्याका दिन पवित्र जलाशयमा स्नानपछि पीपल वृक्षको फेदमा जल चढाउने, पीपल वृक्ष वरिपरि धागो बाँध्ने, दीपदान गर्ने, आरती तथा पुष्पाञ्जली गर्ने र यथासक्य प्रदक्षिणा गर्ने शास्त्रीय विधान रहेको झाको भनाइ छ ।

सोमवती अमावस्यामा गरिने यी कार्यले समस्त पाप नास भई प्रतिकूल ग्रह बाधा हट्ने र सुख, शान्ति एवं समृद्धि प्राप्त हुने मैथिल जनविश्वास छ ।

पीपल वृक्षमा ब्रह्मा, विष्णु र शिव तीनै देवको बास हुनेहुँदा सोमबारको औँसीका दिन पवित्र जलाशयमा स्नान गरी देवस्मरण गर्ने चलन पूर्वीय वैदिक परम्पराकै रहेको पाका मैथिल बताउँछन् ।

पीपल वृक्षमा ब्रह्मा, विष्णु र शिवको बास हुने शास्त्रमा उल्लेख छ । यसको मन्त्र यस्तो छ– ‘ॐ मूलते ब्रह्मरुपाय मध्यतो विष्णुरुपिणे, अग्रतः शिवरुपाय अश्वत्थाय नमोनमः ।’

पीपल वृक्षको मूल ब्रह्मा, मध्य विष्णु र अग्रभाग शिवरुप मानिने शास्त्रीय मान्यताले सोमबार औँसीका दिन गरिने पूजाआराधना, दान, श्राद्ध तथा आरती पुण्यदायक हुने विश्वास रहँदै आएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ७ : ५८ बजे

डरत्राश देखाइ नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आराेपमा दुई जना पक्राउ

काठमाडौं– नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ

भारतको उत्तराखण्डमा डढेलो, बझाङका दुईजनाको मृत्यु

महेन्द्रनगर- भारतको उत्तराखण्डमा डढेलोमा परेर दुई जना नेपाली जनाको मृत्यु

विपद् व्यवस्थापनमा बजेट छैन भन्ने प्रवृत्ति अन्त्य गरौँ : गृहमन्त्री

काठमाडौं–  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापनमासमेत बजेट छैन

सशक्त प्रतिपक्षको भूमिका निर्वाह गराैँ, तत्काल सत्ताको फेरो समात्न आवश्यक छैन : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान अवस्थामा कांग्रेसले

रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला

म्याग्दी– कृषकलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती