कागबेनीमा भक्तजनको घुइँचो (फोटो फिचर) | Khabarhub Khabarhub

कागबेनीमा भक्तजनको घुइँचो (फोटो फिचर)


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा पूजाअर्चनाका लागि भक्तजनहरुको ठूलो घुइँचो लागेको छ ।

मुक्तिनाथ क्षेत्र र दामोदरकुण्ड धार्मिकस्थलबाट बहने कालिगण्डकी नदीको संगमस्थल कागबेनीधाम दिवंगत पितृ उद्धारका लागि महत्वपूर्ण प्रसिद्ध धार्मिकस्थल मानिन्छ ।

चैते दसैँ अघिको औँसी तिथि पारेर दिवंगत आफन्तहरुको नाममा पिण्डदान गर्नका लागि नेपालसहित छिमेकी मुलुक भारतबाट ठूलो संख्यामा भक्तजन मुक्तिक्षेत्र पुगेका छन् ।

परापूर्वकालमा भुसुण्डे ऋषिले मनाङको तिलिचोमा तपस्या गरी कागखोलामा आएर स्नान गरी पितृहरुको नाममा तर्पण र पिण्ड दिएको हुनाले कागबेनीधाममा पितृ उद्धारका लागि श्राद्ध, तर्पण, पिण्ड दिने चलनको सुरुआत भएको विश्वास गरिन्छ ।

परापूर्व कालमा कागबेनी धाम आसपास ठूलो सरोवर थियो । त्यही सरोवरमा एकदिन दुइटा कागहरु कुण्डमा खसेर मरे । कुण्डमा खसेर मरेका दुइटा कागहरु तत्काल चामत्कारिक रुपमा हंसको रुपमा हाँस भई प्रकट भएकाले कागबेनीधामलाई हंसतीर्थसमेत भनिन्छ ।

तस्वीर : रासस

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  १० : ३८ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको