राप्रपाले आज काठमाडौँमा शंखध्वनि जुलुस गर्दै « Khabarhub

राप्रपाले आज काठमाडौँमा शंखध्वनि जुलुस गर्दै


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँ  केन्द्रित जनप्रदर्शनको अघिल्लो दिन आज शंखध्वनि जुलुस गर्ने भएको छ ।

राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार आज दिउँसो साढे २ बजे काठमाडौँको भृकुटीमण्डपमा राप्रपाले शंखध्वनि जुलुस गर्न लागेको हो ।

सनातन हिन्दु अधिराज्यको पुनःस्थापना, भ्रष्ट्राचार र कुशासनको अन्त्य, बैंक वित्तीय समस्या, बेरोजगारी र बेथितिको जगमा वर्तमान भ्रष्ट व्यवस्थाको विरुद्धमा राप्रपाले १०८ शंखध्वनि जुलुस गर्न लागेको प्रवक्ता श्रेष्ठले बताए ।

राप्रपाले भोलि काठमाडौँमा हुने जनप्रदर्शनमा ५० हजार मानिस उतार्ने दाबी गरेको छ । राप्रपाले भोलिको प्रदर्शनले सबै प्रकारका निषेधाज्ञा तोड्ने जनाउँदै राज्यतर्फबाट अवरोध भएको खण्डमा प्रतिकारमा उत्रिने चेतावनी समेत दिएको छ ।

 

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  १ : ०८ बजे

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार