राप्रपाले आज काठमाडौँमा शंखध्वनि जुलुस गर्दै « Khabarhub

राप्रपाले आज काठमाडौँमा शंखध्वनि जुलुस गर्दै


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँ  केन्द्रित जनप्रदर्शनको अघिल्लो दिन आज शंखध्वनि जुलुस गर्ने भएको छ ।

राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार आज दिउँसो साढे २ बजे काठमाडौँको भृकुटीमण्डपमा राप्रपाले शंखध्वनि जुलुस गर्न लागेको हो ।

सनातन हिन्दु अधिराज्यको पुनःस्थापना, भ्रष्ट्राचार र कुशासनको अन्त्य, बैंक वित्तीय समस्या, बेरोजगारी र बेथितिको जगमा वर्तमान भ्रष्ट व्यवस्थाको विरुद्धमा राप्रपाले १०८ शंखध्वनि जुलुस गर्न लागेको प्रवक्ता श्रेष्ठले बताए ।

राप्रपाले भोलि काठमाडौँमा हुने जनप्रदर्शनमा ५० हजार मानिस उतार्ने दाबी गरेको छ । राप्रपाले भोलिको प्रदर्शनले सबै प्रकारका निषेधाज्ञा तोड्ने जनाउँदै राज्यतर्फबाट अवरोध भएको खण्डमा प्रतिकारमा उत्रिने चेतावनी समेत दिएको छ ।

 

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  १ : ०८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको