डोल्पामा आगो निभाउने क्रममा चार सैनिक घाइते, हेलिकप्टरबाट उद्धार | Khabarhub Khabarhub

डोल्पामा आगो निभाउने क्रममा चार सैनिक घाइते, हेलिकप्टरबाट उद्धार


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

डोल्पा । हिमाली जिल्ला डोल्पामा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा नेपाली सेनाका चार जना घाइते भएका छन् ।

ठूलीभेरि नगरपालिका–४ मा पर्ने मष्टा भवानी सामुदायिक वनमा आइतबार दिउँसो सल्किएर निभाइ सकेको आगो आज पुनः लागेपछि निभाउने क्रममा देवीदत्त गण भदालेका चार सैनिक जवान घाइते भएका छन् ।

घाइते हुनेमा ३० वर्षीया प्युठ विजय कोइराला, ३८ वर्षीय जमदार केशरबहादुर मगर, २८ वर्षीय जवान हेमन्त रावत र २३ वर्षीय जवान आशिष बुढा रहेको संग्राम सार्दुल गुल्म सुलिगार्डका सेनानी अशोककुमार कार्कीले जानकारी दिए।

आइतबार निभाइसकेको आगो आज पुनःसुरु भएपछि सैनिक निभाउन गएका थिए । त्यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको सेनानी कार्कीले बताए। पहिलो चरणमा घाइते दुई जनाको हेलिकप्टरबाट उद्धार गरेर नेपालगञ्ज लगिएको र बाँकी दुई जनाको उद्धारका लागि हेलिकप्टर आउन लागेका उनले बताए ।

आगो निभाउने क्रममा वरिपरिबाट हावाको बेगसँगै आगो आएपछि खोल्सामा रहेका जवान पोलिएको सेनाले जनाएको छ । आइतबार देवीदत्त गुल्मका सैनिक जवानले आसपासको फोहर जलाउने क्रममा आगो नजिकैको वनमा सल्किएपछि आगलागी सुरु भएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ८ : २० बजे

सातामा ७२ अङ्क घट्यो नेप्से, करेक्सन कि बियरिस ?

काठमाडौँ – यो साता नेपालको शेयर बजारमा भारी गिरावट आएको

शिक्षक महासंघले भाद्रबाट फेरि आन्दोलन गर्ने

काठमाडौं– नेपाल शिक्षक महासंघले भाद्रको दोश्रो हप्ताको प्रारम्भबाट आन्दोलन गर्ने

पाकिस्तानमा फेला पर्‍यो हुबहु ट्रम्पजस्तै देखिने गोरु (भिडियो)

काठमाडौं– पाकिस्तानमा एउटा सेतो गोरु फेला परेको छ । सिङसहित

सल्यानमा एक जना मृत अवस्थामा फेला

सल्यान– बनगाड कुपिण्डे नगरपालिका-१ अम्रास्थित भेरी नदीको किनारमा हाल नाम, थर

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं– काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ २