लुटपाट गरेको आरोपमा दुई जना पक्राउ « Khabarhub

लुटपाट गरेको आरोपमा दुई जना पक्राउ


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–९ बवियाबाट गोली प्रहार गरी रु पाँच लाखभन्दा बढी रकम लुटपाट गरेको आरोपमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ ।

पक्राउ पर्नेमा सप्तरी हनुमान कङ्कालिनी–३ का २९ वर्षीय इब्रान मन्सुरी मियाँ र भोक्राहा नरसिंह–४ का ३६ वर्षीय उमेश मुखिया रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले पक्राउ परेका दुवै जनालाई आज पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको हो ।

पक्राउ परेकाको साथबाट प्रहरीले लुटपाटमा प्रयोग भएको एउटा मोटरसाइकल र नगद रु एक लाख दुई हजारसमेत बरामद गरेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । गत बुधबार दिउँसो इनरुवा–९ स्थित नहरको डिलमा सुनसरी हरिनगर–२ का ६१ वर्षीय साहिरा मियाँ र उहाँका नाती आसिफ अन्सारीमाथि गोली प्रहार गरी रु पाँच लाख ३५ हजार लुटपाट गरेका थिए ।

जग्गा बिक्री गरेर रु पाँच लाख ३५ हजार लिएर घर फर्किरहेका बेला साथबाट लुटिएको रु एक लाख दुई हजार मात्र बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए । लुटपाटमा संलग्न अन्य एक जनाको पहिचान भइसकेको र बाँकी रकम चाँडै बरामद गरिने भण्डारीले जानकारी दिए ।

पक्राउ परेकालाई अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा सङ्लग्न एक जनाको खोजी कार्य भइरहेको र चाँडै कानुनी दायरामा ल्याउने प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ९ : ५९ बजे

जेलबाट छुट्नेबित्तिकै रवि : यिनीहरूले अन्याय गरे, हिसाब मिलाउन बाँकी छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार अपरान्ह

राजनीतिक अस्थिरताका कारण नेपालको सार्वजनिक खर्च प्रणालीमा गम्भीर समस्या देखियो

काठमाडौं– आर्थिक पत्रकार समाज (सेजन) को आयोजनामा सार्वजनिक खर्चको प्रभावकारिता

खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा

रुपन्देही अदालतमा प्रक्रिया पूरा गरेपछि थुनामुक्त भए रवि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार अपरान्ह

खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा