दैनिक हिँड्नुका फाइदा | Khabarhub Khabarhub

दैनिक हिँड्नुका फाइदा

स्वास्थ्य शरीरका लागि हिँडेर मात्र पुग्दैन


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

हिँडाइ सबै भन्दा सहज शारीरिक अभ्यास मानिन्छ। हिँड्न मन पराउनेको सङ्ख्या धेरै छ। पछिल्ला थुप्रै अध्ययनले हिँडाइका धेरै फाइदा पत्ता लगाएका छन्। दैनिक दुई हजार तीन सय पाइला हिँडेमा यसले मुटु रोगको जोखिम घटाउँछ। २०२३ को युरोपेली जर्नल अफ प्रिभिन्टिभ कार्डियोलोजीमा प्रकाशित रिपोर्टमा यो कुरा उल्लेख गरिएको हो।

ओस्टियोपारोसीसको जोखिम पनि नेचर जर्नलको वैज्ञानिक रिपोर्टमा उल्लेख गरिएको छ। फिटनेसमा आबद्ध धेरै जनाले यसलाई उच्च गुणस्तरको अभ्यास नमाने पनि यो अति आवश्यक दिनचर्या भएको बारम्बार पुष्टि भइसकेको छ।

सन फ्रान्सीस्कोका फिटनेस प्रशिक्षक मेलिसा बोयडकै विचारमा अहिलेको व्यस्त जीवनमा यो सबै भन्दा राम्रो उपाय हो। शरीरका सबै भागलाई उत्तिकै सक्रिय बनाउन, तनाव घटाउन तथा पाचन क्षमता बढाउन पनि हिँड्ने बानी राम्रो हो। परन्तु हिँड्नु मात्र सबै कुरा भने पक्कै होइन। केही हिँड्ने बानी भएकाले पनि राम्रोसँग यसको लाभ लिएको पाइएको छैन। यस कारण बोयडले तीन वटा आधारभूत बानीको बारे चर्चा गरेकी छिन्।

पहिलो कुरा भनेको हाम्रो शरीर हरेक दिन गतिशील हुन जरुरी छ। हिँड्नु, स्ट्रेचिङ गर्नु तथा केही खुम्चाउनु लगायत काम यसमा पर्छन्। दोस्रो भनेको एथलेटिक गतिविधि हो। यो सातामा केही पटक अनिवार्य हो। शरीरलाई लचिलो बनाउन यसको महत्त्व त्यत्तिकै छ। तेस्रो भनेको सामाजिक मुभमेन्ट हो। अन्यसँग मिलेर यसो गर्न सकिन्छ। उदाहरणका लागि नाच्ने या कुनै टिम गेम खेल्ने काम यो अन्तरगत पर्छ।

पहिलो कुरा भनेको हाम्रो शरीर हरेक दिन गतिशील हुन जरुरी छ। हिँड्नु, स्ट्रेचिङ गर्नु तथा केही खुम्चाउनु लगायत काम यसमा पर्छन्। दोस्रो भनेको एथलेटिक गतिविधि हो। यो सातामा केही पटक अनिवार्य हो। शरीरलाई लचिलो बनाउन यसको महत्त्व त्यत्तिकै छ।

‘दिनभर शारीरिक श्रम गर्ने प्रचलन हराइसकेका कारण यी तीन कुरा अत्यन्त आवश्यक छ,’ बोयडले भनिन्, ‘हामी यत्ति धेरै सौखिन भइसकेको छौं कि हामी शरीरलाई केही दुःख दिन नै चाहँदैनौ। तसर्थ, शरीर लचिलो बनाउन यो काम अत्यन्त जरुरी छ।’

एचएसएस अर्थोपेडिकमा स्पोर्ट्स मेडिसिन सर्जनको काम गरिरहेका कार्लो सिरिनोकै विचारमा हिँड्नु एउटा महत्त्वपूर्ण विषय हो। तथापि शरीरलाई सक्रिय राख्नका लागि अन्य केही कुरा गर्नु आवश्यक रहन्छ। मानिसले दैनिक जीवनमा बेन्डिङको काम गर्दा जोर्नी र मांशपेशीको प्रयोग हुन्छ। यस कारण हरेक दिन भिन्न खालको अभ्यासले ठिक हुने उनको मत छ। त्यस कारण योगा र योगीक अभ्यास पनि अत्यन्त जरुरी भएको उनले ठहर गरेका छन्।

सेरिनोकै मतमा स्ट्रेचिङ अत्यन्त सहज हो । यस कारण यो सुत्नु भन्दा अगाडि तथा उठी सकेपछि पनि गर्न सकिन्छ। लचकदार र तन्किने जोर्नी हुनु भनेको शरीर मिल्नु पनि हो। यसले धेरै कुरालाई आफैलाई ठिक गराउँछ। यसले मुटु रोगको जोखिमलाई अत्यन्त कम गराउँछ।

यी धेरै फिटनेस प्रशिक्षकको एउटै मत के हो भने हामीले दैनिक जीवन यापनको रुटिन बनाएर नै चल्नुपर्छ। हिँड्नका लागि निश्चित समय छुट्टाउन पनि त्यत्तिकै जरुरी छ।

समूहमा गर्ने शारीरिक अभ्यासका लागि केही समय र स्ट्रेचिङका लागि केही समय अत्यावश्यक हो। हामीले यसमा समय दिएनौ भने धेरै समस्या उत्पन्न हुनसक्छ। बोयडकै विचारमा हरेक दिन यो गतिविधिले हाम्रो शरीरलाई नयाँ तरङ्ग नै ल्याउने छ।

समूहमा गर्ने शारीरिक अभ्यासका लागि केही समय र स्ट्रेचिङका लागि केही समय अत्यावश्यक हो। हामीले यसमा समय दिएनौ भने धेरै समस्या उत्पन्न हुनसक्छ।

प्याड प्रयोग गरेर हिँड्नु या वाकिङ प्याडमा केही समय बिताउनुले पनि केही न केही हाम्रो शरीरलाई पक्कै राम्रो गर्न सक्ने उनको ठहर छ। बोयडले थप उपायको कुरा पनि गरेकी छिन्। हरेक समय सामान्य काम गर्दा या घरमा काम गर्दा भित्तामा केही पटक गर्ने पुस अपले पनि धेरै लाभ हुनसक्छ। यसले जिन्दगीलाई धेरै सफलताको बाटोमा लैजाने गर्ने उनको ठहर छ।

उनले आफू कहाँ आउने सबै बिरामीलाई एउटा उपाय दिने गरेका छन्। एउटा सामूहिक खेल छानेर नियमित गर्नु जरुरी भएको उनी बताउँछिन्। हाम्रो शरीरले धेरै कुरा खोजी रहेको हुन्छ। तन्दुरुस्ती खोजी रहेको हुन्छ। यस कारण सामान्य रूपमा अभ्यासको सुरुवात गरेर यसलाई बढाउँदै लैजानु उपयुक्त हुन्छ।

केही समय अमेरिकी भेट्रानकै लागि भनेर तयार पारिएको एउटा डेटा प्रकाशनमा आएको थियो। सो डेटा अनुसार आयु बढाउने आठ बानीको कुरा उल्लेख गरिएका थिए। ती आठ बानी ४० वर्षको उमेरमा सुरु गरे यसले २४ वर्षसम्म आयु बढाउन सक्छ। ५० वर्षमा सुरु गरे यसले आयु २१ वर्ष बढाउन सक्छ। यसैगरी ६० वर्षमा सुरु गरे १८ वर्षसम्म आयु बढाउन सक्छ। भिए बोस्टन हेल्थ केयर सिस्टममा रहेका मलियन भेट्रान कार्यक्रमका विशेषज्ञ हुवा माइ नागयुनका अनुसार यसले धेरै कुरामा सहजता ल्याउनसक्छ।

उनका अनुसार अभ्यासले नै मधुमेह र कोलेस्ट्रोल मात्र होइन क्यान्सरकै जोखिमलाई समेत कम गराउँछ। यी बानीका अभ्यास, पौष्टिक आहार, कम तनाव, सही समयमा सुत्ने, सकारात्मक चिन्तन तथा निकटसँगको सुमधुर सम्बन्ध तथा धूम्रपान र मद्यमान नगर्ने विषय उल्लेख छन्।

अमेरिकामा रहेका ४० देखि ९९ वर्ष बिचका ७ लाख २० हजारको अध्ययन गरेर यो निष्कर्ष निकालिएको हो। एउटै राम्रो बानीले चार वर्ष ६ महिना आयुमा असर गरेको देखियो। दुई राम्रो बानीले ७ वर्ष तथा तीन राम्रो बानीले ८ दशमलव ६ महिना आयु बढी भएको देखिएको छ। पुरुष महिलाको तुलनामा धेरै रोगी रहने भएकाले यो जीवन यापनको शैली पुरुषका लागि आवश्यक हुन्छ।

अमेरिकामा रहेका ४० देखि ९९ वर्ष बिचका ७ लाख २० हजारको अध्ययन गरेर यो निष्कर्ष निकालिएको हो। एउटै राम्रो बानीले चार वर्ष ६ महिना आयुमा असर गरेको देखियो। दुई राम्रो बानीले ७ वर्ष तथा तीन राम्रो बानीले ८ दशमलव ६ महिना आयु बढी भएको देखिएको छ।

एक अध्ययनले के देखाएको छ भने यो मध्ये नियमित अभ्यास नै सबैभन्दा महत्त्वपूर्ण हो। यसले अन्य धेरै सही बानी बसाल्न पनि सहयोग गर्छ। स्लीपीङ ट्याब्लेट खाने बानी कसैको छ भने यो अत्यन्त हानिकारक हुनसक्छ। सही निन्द्राका लागि नियमित अभ्यासले ट्याब्लेटको बानी हटाउन सक्छ। यसले हाम्रो जीवनलाई नै नयाँ रङ्ग दिनथाल्छ।

यी केही अध्ययनका विषय हुन्। अहिलेसम्म भएका अध्ययनको निष्कर्ष के हो भने नियमित हिँड्ने काम र शारीरिक अभ्यास नै हाम्रो शरीरको आधारभूत काम हो। यसलाई वेवास्ता गर्दै बिताउने पूर्ण यान्त्रिक जिन्दगीले अन्ततः हाम्रो शरीरलाई दुख दिने जोखिम बढी रहेको छ। स्रोतः सिएनएन

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ७ : २६ बजे

अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा

दैलेख – जुम्लाबाट टिकापुर जाँदै गरेको ना ४ ख ६०५६

हिमालय एयरलाइन्सले उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने

काठमाडौं – वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले उच्चतम श्रेणीको भाडादरमा टिकट

आईपीटीपीमा सहभागी हुन सभामुख कम्बोडिया प्रस्थान

काठमाडौं– सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी)को एघारौं पूर्ण

एक महिनामा भित्रिए १ लाख ७२ हजार स्मार्टफोन

काठमाडौं । चालु आर्थिक वर्ष ०८१/८२ को महिनामा नेपालमा ८

एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले खर्बपति व्यवसायी तथा सामाजिक