६ सांसदसहित पार्टी फुटाउन खोजिएकोबारे झलनाथको जवाफ : अहिले दायाँबायाँ गर्ने सम्भावना छैन « Khabarhub

६ सांसदसहित पार्टी फुटाउन खोजिएकोबारे झलनाथको जवाफ : अहिले दायाँबायाँ गर्ने सम्भावना छैन


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफू पार्टी फुटाउन लागेको भनेर सार्वजनिक भएका समाचारको खण्डन गरेका छन् ।

बुधबार विज्ञप्ति निकालेर खनालले ६ जना सांसदसहित आफूले पार्टी फुटाउन लागेको भनेर गरिएको चर्चाको खण्डन गरेका हुन् ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी विभाजित भएको अवस्थामा त्यसको असर एकीकृत समाजवादीमा पनि पर्ने आकलनबीच खनालको लिखित मन्तव्य आएको हो ।

‘…केही दिनदेखि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पनि विभाजित हुँदैछ, ६ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला तीव्र रूपमा फैलाइएको छ’, उनले भनेका छन्, ‘केही अवाञ्छित, स्वार्थी र कम्युनिष्टविरोधी तत्वहरूले सुनियोजित रूपले यस्तो प्रचार गरेका छन् । त्यसले पार्टीमा एउटा भ्रमको कुहिरो फैलाइदियो ।’

उनले पार्टी १०औँ राष्ट्रिय महाअधिवेशनको सम्मुखमा पुगिरहेको अवस्थामा कसैले पनि दायाँबायाँ नगर्ने बताएका छन् ।

‘…हाम्रो पार्टी देशी विदेशी प्रतिक्रियावादीहरूको भण्डाफोर गर्दै नेपाली जनतालाई समाजवादको समृद्ध भविष्यतिर अघि बढ्ने मार्ग प्रदर्शन गर्दैछ’, उनले अगाडि भनेका छन्, ‘त्यसैकारण पार्टीभित्र र बाहिरका दक्षिणपन्थी र षड्यन्त्रकारी तत्वहरू आतंकित छन्। त्यसैले प्रतिक्रियावादीका मक्किसकेका र थोत्रिसकेका झुटा प्रचारका हतियार लिएर हाम्रो पार्टीविरूद्ध आइलाग्न कोशिस गर्दैछन् ।’

उनले वर्तमान सत्ता समीकरणमा समाजवादीको समर्थन र सहभागितालाई जारी राख्नपर्ने पनि बताएका छन् ।

‘पार्टी महाअधिवेशनको तयारीमा एकताबद्ध भएर जुटौं। क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तमा आधारित एकतालाई अझ खदिलो र विस्तृत बनाऔँ, पार्टी महाअधिवेशनलाई भव्यताका साथ सफल बनाऔँ’, उनले भनेका छन्, ‘हाम्रो पार्टीलाई एउटा नयाँ, क्रान्तिकारी र समाजवादी पार्टीका रुपमा विकास गरौँ । आमजनतालाई गोलबन्द गर्दै समाजवादको दिशामा दृढतापूर्वक अघि बढौँ।’

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १२ : ५८ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच