कोशीमा नयाँ सरकार गठनका लागि एमाले र माओवादीले बढाए दबाब « Khabarhub

कोशीमा नयाँ सरकार गठनका लागि एमाले र माओवादीले बढाए दबाब


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

विराटनगर – काेशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गर्न मागसहित नेपका एमाले र नेकपा माओवादी केन्द्रका नेताहरू प्रदेश प्रमुख पर्शुराम खापुङकहाँ पुगेका छन् ।

बुधबार बिहान दुई दलबीचको छलफलपछि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की, नेताहरू राम राना, रेवतीरमण भण्डारी, लीलाबल्लभ अधिकारी र माओवादी केन्द्रका नेताहरू इन्द्र आङ्बाे र जीवन आचार्यसहितकाे टाेलीले खापुङसँग परमार्श गरेको हो ।

प्रदेश प्रमुख खापुङसँग कुराकानीमा नेताहरूले नयाँ सरकार गठन प्रक्रिया थाल्न आग्रह गरेका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि सम्भावित कदमबारे रणनीति बनाउन दुई दलले तयारी थालेका थिए ।

उनीहरूले प्रदेश प्रमुख खापुङसँग बुधबार दिउँसो २ बजे थप छलफल गरिने बताएका छन् । मुख्यमन्त्रीले विश्वासको मत नलिएकोबारे प्रदेश प्रमुख खापुङलाई प्रदेशसभामा जानकारी गराउनुपर्ने आग्रहसहित दुई दलका नेता जुटेका छन् ।

दुई दलका नेताहरूसँगको छलफलपछि कानुनी परामर्श लिएर प्रदेश प्रमुख खापुङले बुधबार नै नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्न सक्नेछन् । त्यसकै लागि अहिले खापुङ कानुनी र संवैधानिक परामर्शमा छन् ।

माओववादीले समर्थन फिर्ता लिएपछि कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत लिएका छैनन्। त्यहीकारण उनी स्वत: अल्पमतमा परिसकेकाले एमाले र माओवादी नयाँ सरकार बनाउन जुटेका हुन् ।

बुधबार नै कार्की नेतृत्वको प्रदेश सरकार मन्त्रिपरिषद्काे बैठक बसेको छ । उक्त बैठकमा यदि प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्यवान गरेमा चाल्न सक्ने रणतीतिबारे मुख्यमन्त्री कार्कीले क्याबिनटका सदस्यहरूसँग परामर्श गरेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १ : ५८ बजे

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू

‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र