कोशीमा नयाँ सरकार गठनका लागि एमाले र माओवादीले बढाए दबाब « Khabarhub

कोशीमा नयाँ सरकार गठनका लागि एमाले र माओवादीले बढाए दबाब


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

विराटनगर – काेशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गर्न मागसहित नेपका एमाले र नेकपा माओवादी केन्द्रका नेताहरू प्रदेश प्रमुख पर्शुराम खापुङकहाँ पुगेका छन् ।

बुधबार बिहान दुई दलबीचको छलफलपछि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की, नेताहरू राम राना, रेवतीरमण भण्डारी, लीलाबल्लभ अधिकारी र माओवादी केन्द्रका नेताहरू इन्द्र आङ्बाे र जीवन आचार्यसहितकाे टाेलीले खापुङसँग परमार्श गरेको हो ।

प्रदेश प्रमुख खापुङसँग कुराकानीमा नेताहरूले नयाँ सरकार गठन प्रक्रिया थाल्न आग्रह गरेका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि सम्भावित कदमबारे रणनीति बनाउन दुई दलले तयारी थालेका थिए ।

उनीहरूले प्रदेश प्रमुख खापुङसँग बुधबार दिउँसो २ बजे थप छलफल गरिने बताएका छन् । मुख्यमन्त्रीले विश्वासको मत नलिएकोबारे प्रदेश प्रमुख खापुङलाई प्रदेशसभामा जानकारी गराउनुपर्ने आग्रहसहित दुई दलका नेता जुटेका छन् ।

दुई दलका नेताहरूसँगको छलफलपछि कानुनी परामर्श लिएर प्रदेश प्रमुख खापुङले बुधबार नै नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्न सक्नेछन् । त्यसकै लागि अहिले खापुङ कानुनी र संवैधानिक परामर्शमा छन् ।

माओववादीले समर्थन फिर्ता लिएपछि कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत लिएका छैनन्। त्यहीकारण उनी स्वत: अल्पमतमा परिसकेकाले एमाले र माओवादी नयाँ सरकार बनाउन जुटेका हुन् ।

बुधबार नै कार्की नेतृत्वको प्रदेश सरकार मन्त्रिपरिषद्काे बैठक बसेको छ । उक्त बैठकमा यदि प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्यवान गरेमा चाल्न सक्ने रणतीतिबारे मुख्यमन्त्री कार्कीले क्याबिनटका सदस्यहरूसँग परामर्श गरेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १ : ५८ बजे

रास्वपाकै शीर्ष तहबाट एकता भंग भएको हो : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाको एकताका क्रममा

एमाले छिरे शेयर व्यवसायी दीपेन्द्र अग्रवाल, ओलीले गरे स्वागत

काठमाडौं- शेयर व्यवसायी दीपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका छन्

विराटनगरमा दुई खाद्य उद्योगविरुद्ध मुद्दा

काठमाडौं – विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले न्यून

अपारदर्शी कारोबार नियन्त्रण गर्न नगद कारोबार सीमा घटाइयो : अर्थमन्त्री

काडमाडौं – अर्थमन्त्री रामेश्वर खनालले अपारदर्शी कारोबारलाई नियन्त्रण गर्न नगदमा

टी–२० विश्वकपमा सहभागी नहुँदा बंगलादेशलाई ठूलो आर्थिक क्षति

काठमाडौं -बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा आयोजना हुने टी–२०