धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्ध « Khabarhub

धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्ध


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको एयर इन्डिया एक्सप्रेसका धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि कम्पनीले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार एयर इन्डिया एक्सप्रेसले मंगलबार रातीदेखि बुधबार बिहानसम्मका ८० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानहरू रद्द गरेको छ ।

ठुलो संख्यामा एकैपटक चालक दलका वरिष्ठ सदस्यहरू बिदामा गएपछि उडान रद्ध भएको बताइएको छ ।

एयर इन्डिया एक्सप्रेसका प्रवक्तालाई उद्धृत कम्पनीले कर्मचारीहरू सँगै बिदामा जानुको कारणहरू पत्ता लगाउन र समस्या समाधान गर्ने प्रयास गरिरहेको बताइएको छ ।

आकस्मिक उडान रद्द भएको भन्दै धेरै यात्रुले सामाजिक सञ्जालमा गुनासो पनि गरिरहेका छन् । मिडिया रिपोर्टका अनुसार उनीहरू टाटा समूहको स्वामित्वमा रहेको एयरलाइन्समा रोजगारीका नयाँ सर्तहरूको विरोध गरिरहेका छन्।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  २ : ०५ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।