जसपा फुटेपछि कांग्रेसले भन्यो : माधव नेपाललाई प्रधानमन्त्री अफर गरिएको होइन « Khabarhub

जसपा फुटेपछि कांग्रेसले भन्यो : माधव नेपाललाई प्रधानमन्त्री अफर गरिएको होइन

तत्कालै एमालेसँग मिलिजुली सरकार बन्न नसक्ने जवाफ


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमालेसँग मिलेर सरकार बनाउने सम्भावना तत्कालललाई सम्भव नरहेको बताएका छन् ।

मुलुकको स्थायित्व र समृद्धिका लागि दुई ठूला दलहरु कांग्रेस र एमाले मिल्नुपर्ने भए पनि अब तत्काललाई त्यो सम्भावना सकिएको लेखकले बताए ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बुधबार सञ्चारकर्मीसँगको अन्तरक्रियाका क्रममा लेखकले कांग्रेस अहिलेको सत्ता समीकरण भत्काउने खेलमा नलागेको पनि जवाफ दिएका छन् ।

कांग्रेसले जनता समाजवादी पार्टी र एकीकृत समाजवादीलाई प्रधानमन्त्री अफर नगरेको पनि उनले जवाफ दिए । उनले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री पदको आश्वासन पनि नदेखाएको बताए ।

सत्ता समीकरण भत्काउन नलागेको जिकिरसहित उनले भने, ‘हामीले नयाँ  अहिलेको समीकरण भत्काएर नयाँ समीकरण बनाउन लागेको साँचो होइन । राजनीतिमा सम्वाद र वार्ता स्वभाविक कुरा हुन् ।’

‘एमालेसँग मिलेर सरकार बनाउन अहिलेसम्म छलफल भएको छैन । तर आमरूपमा ठूला दलहरू मिलेर सरकार बनाए हुन्थ्यो भन्ने धारणा आउन थालेको छ’, उनले भने, ‘साना साना दलहरू लिएर सरकार बनाउँदा अस्थिरता भएको धारणा जनमानसमा छ । यसबारेमा अहिलेसम्म कांग्रेस र एमालेबीच कुनै छलफल भएको छैन ।’

लेखकले मुलुकका साझा विषयमा दलरूबीच साझा धारणा बन्नुपर्ने बताए । अबको १० वर्षमा संविधान पुनर्लेखन, परराष्ट्र नीति र मौलिक अधिकारबारे राष्ट्रिय सहमति आवश्यक हुने उनले बताए ।

प्रमुख सचेतक लेखकले सरकारले प्रतिपक्षी दललाई हेपेको महसुस भइरहेको पनि बताए । ‘प्रतिपक्षीले भनेको सामान्य कुरा पनि नटेर्ने अवस्था छ’, उनले गुनासो गरे ।

भ्रष्टाचारमा मुछिएका कांग्रेसकै सांसद टेकबहादुर गुरूङको फुकुवाबारे सर्वोच्च अदालतको पूर्णपाठ आइसकेपछि अरू वैधानिक परीक्षण हुने जानकारी दिएका छन् ।

लेखकले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबारेका टिप्पणीप्रति असन्तुष्टि जनाए । ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सरकारले कार्यान्वयन गर्ने हो । सांसदले सिफारिस गर्ने हो । तर, संसदले कानुन बनाइसकेपछि संविधानसँग प्रष्ट बाझिएन भने त्यसरी फैसला आउने हो भने यो पद्वति कहाँ पुग्ला ? संसदीय व्यवस्था के होला ,’ लेखकले सोधे ।

आगामी अधिवेशनको भूमिका र रणनीतिबारे भोलि २ बजेदेखि संसदीय बैठक बस्ने पनि जानकारी दिए ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  २ : ५७ बजे

परदेशको लाखमा लोभिँदा छुट्यो आमाको काख 

अग्लाअग्ला महलहरू सहरको त्यो गुञ्जायमान आवाज मानिसहरूको चहलपहल हेर्दा त

दार्चुलाको छाङरु र तिंकरको निर्वाचन खलङ्गामै हुने

दार्चुला– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि व्यास गाउँपालिका–१ छाङरु र

भदौ २३ र २४ को घटना इतिहासकै त्रासद : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एघारौँ राष्ट्रिय महाधिवेशनले

आठ वर्षमा पनि औद्योगिक क्षेत्र निर्माण अघि बढेन

गण्डकी– घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई

जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा

टोकियो- जापानका प्रधानमन्त्री साने ताकाइचीले जापान सरकारप्रति जनसमर्थन बढाउन आगामी