शैक्षिक गुणस्तर वृद्धि गर्न उत्प्रेरणा तालिम « Khabarhub

शैक्षिक गुणस्तर वृद्धि गर्न उत्प्रेरणा तालिम


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

तम्घास– गुल्मीको इस्मा गाउँपालिका–२ छल्दीमा रहेको पालुखा माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गर्न उत्प्रेरणा तालिम गराएको छ । विद्यालयले शिक्षक, विद्यार्थी र अभिभावकलाई उत्प्रेरणा तालिम गराएको हो । त्यसमा विद्यार्थी एवं शिक्षकका लागि प्रार्थना व्यवस्थापन सम्बन्धि तालिम गराइएको थियो ।

कालिका मानविज्ञान माध्यमिक विद्यालयका शिक्षक हरिश ओलीले दुई दिनसम्म व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी एवं एक दिन अभिभावक, व्यवस्थापन समिति, विद्यार्थी र शिक्षकलाई उत्प्रेरणा तालिम दिएका थिए। तालिमको अन्तिम दिन विद्यार्थीहरूले आफ्ना अभिभावकलाई टीका र माला लगाएर सम्मान गरेका थिए ।

नेपाली संस्कृतिअनुसार अभिभावकलाई छात्रहरूले ढोग र छात्राहरूले नमस्कारले सम्मान गरेका थिए । विद्यालयका प्रधानाध्यापक बाबुराम खत्रीले पछिल्लो समय विद्यालय परिवार शैक्षिक गुणस्तर सुधार्न लागिपरेको बताए ।

‘तालिमबाट प्रार्थना व्यवस्थापन, विद्यार्थी, शिक्षक र अभिभावकको सम्बन्धलगायत धेरै विषयमा जानकारी प्राप्त भएको छ’, प्रधानाध्यापक खत्रीले भने, ‘सबै कक्षामा शतप्रतिशत नजिता ल्याउन र विद्यार्थीलाई असल संस्कृतिको विकास गर्न कार्यक्रमको आयोजना गरिएको हो ।’

शिक्षकले मात्र विद्यालयको गुणस्तर सुधार्न नसकिने भएकाले अभिभावक, विद्यार्थी र व्यवस्थापन समितिलाई थप जिम्मेवारी बनाउन उत्प्रेरणा तालिमको आयोजना गरिएको प्रधानाध्यापक खत्रीले बताए ।

पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गइरहेका बेला उत्प्रेरणा कार्यक्रमले विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि हुने गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बताए । आफूहरू सिङ्गो पालिकाको शैक्षिक गुणस्तर वृद्धिको अभियानमा लागेको जनाउँदै त्यसमा पालुखा माविले अग्रता देखाएकामा विद्यालयलाई धन्यवाद दिए ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  २ : ५७ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका