राष्ट्रपतिका सल्लाहकार नेपाललाई बर्खास्त गर्न नागरिक अगुवाको माग « Khabarhub

राष्ट्रपतिका सल्लाहकार नेपाललाई बर्खास्त गर्न नागरिक अगुवाको माग


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिक समाजका अगुवाहरूले राष्ट्रपति रामचन्द्र पाैडेलका सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग गरेका छन् ।

नेपाल राष्ट्र बैंकले एक सय रुपैयाँ दरको नोट पुनर्मुद्रण गर्दा संविधानमा समावेश चुच्चे नक्सा राख्ने निर्णयप्रति राष्ट्रपतिका सल्लाहकार नेपालले विरोध गरेका थिए ।

भारतसँगको सम्बन्ध बिग्रिने भन्दै सरकारको कदमको विरोधमा उत्रिएका उनलाई पदबाट बर्खास्त गर्न नागरिक अगुवाहरू नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय, सुशील प्याकुरेल र कनकमणि दीक्षितले संयुक्त रुपमा माग गरेका हुन् ।

नेपालले पदीय मर्यादाविपरीत मुलुकको हित र स्वाभीमानविरुद्ध राष्ट्रिय-अन्तराष्ट्रिय सञ्चारमाध्यममा प्रतिक्रिया दिएपछि चारजना नागरिक अगुवाहरूले बुधबार संयुक्त वक्तव्य निकालेर विरोध गरेका हुन् ।

नेपालले भारतसँग सीमा विवाद रहेकै अवस्थामा अन्तर्राष्ट्रिय मान्यताबाहिर गएर नोटमा चुच्चे नक्सा छाप्नुलाई सरकारको अविवेकी निर्णय भनेका थिए । त्यसकै विरोधमा उत्रिएका नागरिक अगुवाहरूले नेपाललाई पदबाट हटाउन माग गरेका हुन् ।

‘सीमा नाघेर दिइने यस्ता अभिव्यक्तिले संवैधानिक राष्ट्र प्रमुख पदको गरिमामा चोट पुर्‍याएको छ । राष्ट्रपति कार्यालय मौन रहेको अवस्थामा सरकारको निर्णयलाई ‘अन्तर्राष्ट्रिय मान्यता विपरीत’ र ‘अविवेकी’ भन्ने चिरञ्जीवी नेपालका सार्वजनिक अभिव्यक्ति राष्ट्रपति रामचन्द्र पौडेलकै तर्फबाट आएको भनी हामी बुझ्छौँ’, उनीहरूले भनेका छन् ।

राष्ट्रपति संस्थाको गरिमा बचाउन पनि अविलम्ब राष्ट्रपति कार्यालयबाट नेपाललाई बर्खास्त गरिनुर्ने उनीहरूको माग छ । सल्लाहकार नेपाललाई तत्कालै पदबाट हटाउन पनि उनीहरूले राष्ट्रपति पौडेललाई भनेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ३ : २८ बजे

एनएमबि बैंकको ३० औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीको उपस्थितिमा

विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्व परिवर्तन कति सम्भव ?

काठमाडौं– यतिबेला देशकै ठूलो पार्टी नेपाली कांग्रेसको विशेष महाधिवेशनको विषय

निषाद जातिको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ 

काठमाडौं– सर्वोच्च अदालतले निषाद जातिलाई आरक्षण कोटा निर्धारण गर्न आदेश

बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी

जानकी– जिल्ला प्रशासन कार्यालय बाँकेले आमाको नामबाट पहिलो पटक नागरिकता

‘विशेष महाधिवेशनकै दिन पार्टी कार्यालयमा भेला राखेर संस्थापन पक्षले मुठभेड गर्न खोज्यो’

काठमाडौं– नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षले आफुहरुले विशेष महाधिवेशन राखेकै