राष्ट्रपतिका सल्लाहकार नेपाललाई बर्खास्त गर्न नागरिक अगुवाको माग « Khabarhub

राष्ट्रपतिका सल्लाहकार नेपाललाई बर्खास्त गर्न नागरिक अगुवाको माग


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिक समाजका अगुवाहरूले राष्ट्रपति रामचन्द्र पाैडेलका सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग गरेका छन् ।

नेपाल राष्ट्र बैंकले एक सय रुपैयाँ दरको नोट पुनर्मुद्रण गर्दा संविधानमा समावेश चुच्चे नक्सा राख्ने निर्णयप्रति राष्ट्रपतिका सल्लाहकार नेपालले विरोध गरेका थिए ।

भारतसँगको सम्बन्ध बिग्रिने भन्दै सरकारको कदमको विरोधमा उत्रिएका उनलाई पदबाट बर्खास्त गर्न नागरिक अगुवाहरू नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय, सुशील प्याकुरेल र कनकमणि दीक्षितले संयुक्त रुपमा माग गरेका हुन् ।

नेपालले पदीय मर्यादाविपरीत मुलुकको हित र स्वाभीमानविरुद्ध राष्ट्रिय-अन्तराष्ट्रिय सञ्चारमाध्यममा प्रतिक्रिया दिएपछि चारजना नागरिक अगुवाहरूले बुधबार संयुक्त वक्तव्य निकालेर विरोध गरेका हुन् ।

नेपालले भारतसँग सीमा विवाद रहेकै अवस्थामा अन्तर्राष्ट्रिय मान्यताबाहिर गएर नोटमा चुच्चे नक्सा छाप्नुलाई सरकारको अविवेकी निर्णय भनेका थिए । त्यसकै विरोधमा उत्रिएका नागरिक अगुवाहरूले नेपाललाई पदबाट हटाउन माग गरेका हुन् ।

‘सीमा नाघेर दिइने यस्ता अभिव्यक्तिले संवैधानिक राष्ट्र प्रमुख पदको गरिमामा चोट पुर्‍याएको छ । राष्ट्रपति कार्यालय मौन रहेको अवस्थामा सरकारको निर्णयलाई ‘अन्तर्राष्ट्रिय मान्यता विपरीत’ र ‘अविवेकी’ भन्ने चिरञ्जीवी नेपालका सार्वजनिक अभिव्यक्ति राष्ट्रपति रामचन्द्र पौडेलकै तर्फबाट आएको भनी हामी बुझ्छौँ’, उनीहरूले भनेका छन् ।

राष्ट्रपति संस्थाको गरिमा बचाउन पनि अविलम्ब राष्ट्रपति कार्यालयबाट नेपाललाई बर्खास्त गरिनुर्ने उनीहरूको माग छ । सल्लाहकार नेपाललाई तत्कालै पदबाट हटाउन पनि उनीहरूले राष्ट्रपति पौडेललाई भनेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ३ : २८ बजे

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता