घरेलु तथा साना उद्योगलाई सरकारले प्राथमिकतामा राख्नुपर्‍यो : राष्ट्रपति « Khabarhub

घरेलु तथा साना उद्योगलाई सरकारले प्राथमिकतामा राख्नुपर्‍यो : राष्ट्रपति


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको अर्थतन्त्रको जगका रूपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंको भृकुटिमण्डपमा १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव उद्घाटन गर्दै राष्ट्रपति पौडेलले गरिबी न्यूनीकरण, रोजगारी अभिवृद्धि गरी आत्मनिर्भर बनाउन योगदान दिने अर्थतन्त्रको जगका रूपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।

यस क्षेत्रमा विद्यमान पुँजी, कच्चा पदार्थ, प्रतिस्पर्धात्मक क्षमता, बजारीकरण, दक्ष जनशक्तिलगायतका समस्या समाधानमा सरकार र व्यवसायीले हातेमालो गरेर अघि बढ्नुपर्ने उनले बताए ।

उनले स्थानीय श्रम, सीप, प्रविधि, कच्चा पदार्थ, जनशक्ति प्रयोग गरी थोरै लगानीमा गर्न सकिने उद्योगबाट उत्पादन र उत्पादकत्व बढाउँदै आयआर्जनका माध्यमबाट स्थानीयस्तरमा नै आत्मनिर्भर हुन सकिने धारणा राखे । उनले पुँजी पहुँचमा लघु, घरेलु तथा साना उद्योगी मारमा परेकाले राज्यले सहुलियतपूर्ण कर्जाको व्यवस्था तथा साना उद्योगमैत्री नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लघु, घरेलु तथा साना र महिलाले सञ्चालन गरेका उद्योगले ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गरेको उल्लेख गर्दै त्यस्ता उद्योगलाई प्रवर्द्धन गर्न आगामी बजेटमा लक्षित कार्यक्रम ल्याइने बताए ।

उनले स्वदेशी वस्तुको उत्पादन र उपभोग अभिवृद्धिका लागि सरकारद्वारा सञ्चालित प्रधानमन्त्री स्वदेशी वस्तु उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमलगायत उद्योग प्रवर्द्धनका विभिन्न कार्यक्रम र सोसँग विभिन्न कोषको द्रुततर कार्यान्वयनका लागि पहल गर्ने पनि जानकारी दिए ।

त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले साना र मझौला व्यापारमार्फत स्वरोजगार बनाउनका लागि आवश्यक नीति तर्जुमा गर्ने धारणा राखे । सातै प्रदेशमा श्रमाधान रोजगार मेला गर्ने तयारी भइरहेको भन्दै उनले यसबाट स्वरोजगार बनाउनका लागि आधार निर्माण हुने जिकिर गरे ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा सुरु महोत्सव वैशाख ३० गते सम्म चल्नेछ । महोत्सवमा नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी , बीटुसीजस्ता अन्तरक्रिया, छलफल, र खाद्य महोत्सव आदि कार्यक्रम हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ४ : ०४ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच