कानून दिवस मनाइयो | Khabarhub Khabarhub

कानून दिवस मनाइयो


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा कानून दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।

प्रधानन्यायालय स्थापना भएको दिनलाई नेपालमा कानून दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ । कानून दिवसका अवसरमा सर्वोच्च अदालतले बुधबार अदालत परिसरमा विशेष समारोहको आयोजना गरेको थियो ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामशहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, कानूनमन्त्रीलगायत सरकारी उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थितहरूलाई स्वागत गर्दै सर्वोच्च अदालतका मुख्य रजिष्टार देवेन्द्रराज ढकालले संवैधानिक सर्वोच्चता विधिको शासन, संविधानवाद र स्वतन्त्र न्यायपालिका लोकतन्त्रका आधार स्तम्भ भएको बताए ।

उनले स्वतन्त्र, निष्पक्ष न्यायपालीकामार्फतमात्रै नागरिकको हक अधिकार सम्वद्र्धन हुन सक्ने उल्लेख गरे । आगामी वर्ष भिडियो कन्फ्रसेन्सको सेवालाई सबै उच्च अदालत र केही अदालतमा विस्तार गर्ने, विद्युतीय माध्यमबाट पेशी, अनलाइन मुद्दा दर्ता लगायतका कामको सुरुवातको तयारी भइसहेको उनले बताए ।

न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको स्थापनाका लागि उक्त ऐनले खडा गरेको जगलाई थप मजबुत बनाउन विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ४ : १५ बजे

राजेन्द्र लिङ्देन भन्छन्-  हामी अहिले पनि आन्दोलनको तयारीमै छौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू अहिले पनि

मोहन बस्नेतको आक्रोश- गगनकै कारण अख्तियारले ममाथि छानबिन गर्‍यो

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगनकुमार थापाकै कारण अख्तियार

नेतृत्वबारे बहस नगर्न महासचिव पोखरेलको निर्देशन

काठमाडौं– नेकपा (एमाले) महासचिव शंकर पोखरेलले राष्ट्रिय  महाधिवेशनको मिति तय

युरोपेली सुरक्षामा आँच नपुर्‍याउन चीनलाई इयूको आग्रह

ब्रसेल्स– युरोपेली सङ्घ (यू) का विदेश मामिला प्रमुख काजा कल्लासले

शैल रूपाखेती जर्मनीका लागि राजदूतमा नियुक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा जर्मनीका लागि आवासीय राजदूत