कानून दिवस मनाइयो « Khabarhub

कानून दिवस मनाइयो


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा कानून दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।

प्रधानन्यायालय स्थापना भएको दिनलाई नेपालमा कानून दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ । कानून दिवसका अवसरमा सर्वोच्च अदालतले बुधबार अदालत परिसरमा विशेष समारोहको आयोजना गरेको थियो ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामशहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, कानूनमन्त्रीलगायत सरकारी उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थितहरूलाई स्वागत गर्दै सर्वोच्च अदालतका मुख्य रजिष्टार देवेन्द्रराज ढकालले संवैधानिक सर्वोच्चता विधिको शासन, संविधानवाद र स्वतन्त्र न्यायपालिका लोकतन्त्रका आधार स्तम्भ भएको बताए ।

उनले स्वतन्त्र, निष्पक्ष न्यायपालीकामार्फतमात्रै नागरिकको हक अधिकार सम्वद्र्धन हुन सक्ने उल्लेख गरे । आगामी वर्ष भिडियो कन्फ्रसेन्सको सेवालाई सबै उच्च अदालत र केही अदालतमा विस्तार गर्ने, विद्युतीय माध्यमबाट पेशी, अनलाइन मुद्दा दर्ता लगायतका कामको सुरुवातको तयारी भइसहेको उनले बताए ।

न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको स्थापनाका लागि उक्त ऐनले खडा गरेको जगलाई थप मजबुत बनाउन विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ४ : १५ बजे

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतको भेट, नेपाल–चीन सम्बन्धबारे छलफल

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले

प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत

परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुवात गरिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माणको काम

विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न

चार हजार सहकारी बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब चार हजार बचतकर्ताको